fbpx

वर्षेनी ५ हजारले गर्छन् आत्महत्या

विराटनगर ।

नेपालमा दैनिक आत्महत्या दर बढ्दो रहेको छ । दैनिक तीनजनाले विष सेवन गरेर आत्महत्या गर्ने गरेका छन् । झुण्डिएर आत्महत्या गर्नेको दर यो भन्दा बढी छ । दैनिक आधा दर्जन बढीले झुण्डिएर आत्महत्या गर्ने गरेको न्यु सृष्टि दैनिकमा खबर छ ।

विपन्नता, असफलता, तनाव, खिन्नता लगायतको कारण आत्महत्याको दर बढाएको हो । २०७५ ०७६ को एक आर्थिक वर्षमा ५ हजार १ सय ५५ जनाले आत्महत्या गरेका छन् । यसमा झुण्डिएर आत्महत्या गर्नेको संख्या ३ हजार विष खाएर १ हजार १ सय ८२ जनाले आत्महत्या गरेका छन् ।

यस्तै हाम फालेर ४७ जनाले, पानीमा डुवेर २३ जनाले, आगो लगाएर २२ र हातहतियारबाट १३ जनाले आत्महत्या गरेका छन् । करेन्ट लगाएर ४ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांकमा उल्लेख छ ।

प्रदेश १ का पहाडी जिल्लामा आत्महत्याको दर बढी रहेको छ । नेपाल प्रहरीका डिआईजी विश्वराज पोखरेलले तनावकै कारण आत्महत्या गर्ने गरेको अनुसन्धानले देखाएको बताए ।

प्रतिक्रिया

Loading...