fbpx

लिग वान : पीएसजीको सुखद सुरुवात, पहिलो खेलमै निकाल्यो निम्सविरुद्ध सहज जित

एजेन्सी,
फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लिग वानको पहिलो खेलमै जित निकालेको छ । आइतबार राति भएको खेलमा उसले निम्सविरुद्ध ३–० गोलको सहज जित निकाल्दै नयाँ सिजनको लिग वानको सुखद सुरुवात गरेको हो ।

पीएसजीले आफ्नै घरेलु मैदानमा निम्सलाई हराउँदा इडिन्सन काभानी, किलियन एम्बाप्पे र एन्जल डी मारियाले समान एक–एक गोल गरे । पएिसजीले खेलको २४औं मिनेटमा काभानीको गोलमार्फत अग्रता बनाएको थियो । काभानीले पेनाल्टीमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए ।

यस्तै खेलको ५६औं मिनेटमा एम्बाप्पेले गोल गर्दै पीएसजीको अग्रता दोब्बर बनाए भने डी मारियाले खेलको ६९औं मिनेटमा गोल गर्दै पीएस्जीलाई ३–० गोलको सहज जित दिलाए ।

यस जितसँगै पीएसजीले अंकतालिकाको दोस्रो स्थान बनाएको छ । अंकतालिकाको शीर्ष स्थानमा भने लियोन रहेको । पीएसजीसँग समान अंक भएपनि गोलान्तरको आधारमा उसले शीर्ष स्थान बनाएको हो ।

प्रतिक्रिया

Loading...