fbpx

जटिल बन्दै मानसिक रोग, कारण के के हुन सक्छ ?

विराटनगर ।

साह्रै सामान्य मानसिक स्वास्थ्यसंग सम्बन्धित समस्याहरु जस्तै उदासीनता र चिन्ता (एन्जाइटी र डिप्रेशन) विश्वव्यापी समस्याका रुपमा बढ्दै गएको छ । यो सामन्य स्वास्थ्य समस्या भएपनि दीर्घकालिन रुपमा यसले मानिसको ज्यानै लिनसक्ने भएकोले विज्ञहरुले विभिन्न अध्ययन गरि निराकरण गर्न लागिपरेका छन् ।

यस्ता मानसिक रोगहरुले मानिसको सोचाई नकरात्मक बनाउने र जीवनप्रतिको मोह नै भंग हुने समेत गराउछ भने हृदय रोगको जोखिम र मृत्यु जोखिम पनि बढाउन सक्छ। यस्ता मानसिक रोगहरु उपचार र औषधीको सेवनबाट हटाउन सकिन्छ । यद्यपी सबैकोलागि भने ती औषधी र थेरापी (उपचार)ले पनि काम गरेको पाइदैन् ।
मानसिक स्वास्थ्यमा उपलब्धी हासिल गर्नकोलागि प्रभावी सार्वजनिक स्वास्थ्य रणनीतिको आवश्यकता रहेको विज्ञहरुको भनाई छ । जसले मानसिक समस्या न्युनिकरण गर्न सकियोस् ।

अन्वेषकहरू मानसिक स्वास्थ्यमा समस्या ल्याउने असंख्य कारकहरू समाधानमा केन्द्रित छन् । जसले मानसिक स्वास्थ्य स्थिति सवल बनाउन सकियोस् । जेनेटिक्स लगायतका कराण भने केही परिवर्तन गर्न सम्भव नभएपनि आहार, शारीरिक गतिविधि सहति जीवनशैलीमा परिवर्तन गरे यसमा फाइदा पुग्ने उनीहरुको ठम्याई छ ।

वैज्ञानिकहरू के कस्ता कारकहरूले मानसिक स्वास्थ्यमा सबैभन्दा महत्त्वपूर्ण असर पार्न सक्छ भन्ने खोजमा तल्लिन छन् । केही अनुसन्धानकर्ताहरू शारीरिक तन्दुरुस्तीको कारण यसमा कस्तो असर गर्छ भनेर खोज गरिरहेका छन् ।

प्रतिक्रिया

Loading...