fbpx

भेनेजुएलालाई क्युबाली राष्ट्रपतिको समर्थन

हवाना । क्युबाका राष्ट्रपति मिगेल डायाज–केनेलले अमेरिका लगायतका पश्चिमी देशहरुले बहिस्कार गरेको भेनेजुएला सरकारमाथि फेरी समर्थन गरेका छन् ।

राष्ट्रपति डायाजले अमेरिकी आर्थिक प्रतिबन्धको विरोध गर्दै भेनेजुएलाका जनताको प्रतिष्ठा र क्षमतालाई कसैले होच्याउन नसक्ने बताए । राष्ट्रपतिले शनिबार एक ट्विटमा “भेनेजुएलाका जनताको बोलिभार क्रान्तिकारितालाई कुनै पनि बाह्य शक्तिले तोड्न सक्दैन ।” उल्लेख गरेका छन् ।

दुई हप्ताअघि क्युबाका राष्ट्रपति डायाजले भेनेजुएलाको भ्रमण गरेका थिए । साओ पाउलो फोरमको २५ औं बैठकमा सहभागी हुन भेनेजुएला पुगेका राष्ट्रपति डायाजले भेनेजुएलाको संवैधानिक सङ्कट विदेशीको उक्साहटमा भएको आरोप लगाएका थिए ।

बैठकमा राष्ट्रपति डायाजले क्युबाले भेनेजुएलाप्रतिको आफ्नो अडान र विश्वास कहिल्यै नत्याग्ने प्रतिबद्धता व्यक्त गरेका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत सोमबार संयुक्तराज्य अमेरिकामा रहेको भेनेजुएलाको सम्पूर्ण सम्पत्ति रोक्का राख्ने आदेशमा हस्ताक्षर गरेपछि क्युबाका राष्ट्रपतिले फेरी यस्तो अभिव्यक्ति दिएका हुन् ।

अमेरिकाले विपक्षी नेता हुवाँ गुएइदोलाई अन्तरिम राष्ट्रपतिको रुपमा मान्यता दिएपछि भेनेजुएलाले अमेरिकासँगको कुटनीतिक सम्बन्ध गत जनवरीमै तोडेको थियो ।

प्रतिक्रिया

Loading...