fbpx

भ्रमण वर्षको लोगो सामाजिक सञ्जालमा राख्न मन्त्री भट्टराईको आग्रह

काठमाडौं ।
नेपाल भ्रमण वर्षको प्रचारप्रसारमा सहयोग गर्न सबैले फेसबुक, ट्विटर लगायतका सामाजिक सञ्जालमा भ्रमण वर्षको लोगो राख्न संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले आग्रह गरेका छन् । मन्त्री भट्टराइले भ्रमण वर्ष २०२० सफल बनाउन यस्तो आग्रह गरेका हुन् ।

आइतबार विज्ञप्ति जारी गर्द्रै मन्त्री भट्टराईले सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउन सबै नागरिकको सहयोग आवश्यक भएको बताए । पर्यटन क्षेत्रलाई बलियो बनाएर आर्थिक अवस्था बलियो बनाउने र रोजगारी सृजना गर्न भ्रमण वर्ष घोषणा गरिएको भन्दै यसमा सबैले साथ दिनु पर्ने विज्ञप्तीमा उल्लेख छ ।

मन्त्री भट्टराईले विशेषगरी सामाजिक सञ्जालमा नेपाल भ्रमण वर्षको लोगो प्रयोग गर्न आग्रह गरेका हुन् । विदेशमा भएकाहरुले पनि यसरी भ्रमण वर्षको प्रचार प्रसारमा सहयोग गर्न सक्ने उनको भनाई छ ।

प्रतिक्रिया

Loading...