fbpx

सार्वजनिक नीजि लगानीका उद्योगमा बन्द हडताल र यूनियन निषेध गर्न माग

बिराटनगर २६ साउन । सार्वजनिक र नीजि क्षेत्रको लगानीबाट स्थापना भएका उद्योगहरुमा बन्दहडताल र यूनियन गठन गर्न पुर्ण निषेध गर्ने कानून बनाउन प्रदेश साँसदहरुले माग गरेका छन ।

एक नम्बर प्रदेश सभामा छलफल भैरहेको सार्वजनिक निजी साझेदारी तथा लगानी प्राधिकरण बिधेयकबारे बोल्दै आइतबार साँसदहरुले बन्दहडताल र यूनियन गठन पूर्ण निषेध गर्नेगरि कानून बनाउन माग गरेका हुन ।

आइतार उक्त्त बिधेयकको सैद्धान्तिक छलफलमा बोल्दै नेकपा साँसद तुलसीप्रसाद न्यौपानेले बन्दहडताल र युनियले गर्दा नेपालमा उद्योगधन्दा फस्टाउन नसकेको भन्दै सार्वजनिक र नीजि लगानीमा सचालन हुने उद्योगमा दुबै कुरा पुर्ण प्रतिबन्धित गरिनुपर्ने बताए ।

साँसद न्यौपानेले प्राधिकरणलाई उद्योग खोल्न अनुमति दिने सँस्थामा मात्र सिमित नगरी अनुगमन सहितको बार्षिक प्रतिबेदन दिने गरि जिम्मेवारी दिन माग पनि गरे ।

सरकार र नीजि क्षेत्रको सँयुक्त्त लगानीकालागि कानून सार्वजनिक र नीजिलगानीलाई प्रोत्साहन गरेर औधोगिक बिकास गर्न एक नम्बर प्रदेश सरकारले लगानी प्राधिकरण कानुन निर्माण गरेको हो । सरकार र नीजि क्षेत्रको सयुक्त्त लगानी बिना औधोगिक क्षेत्रको उत्पादन दिगो नहुने भएकोले एक नम्बर प्रदेश सरकारले सार्वनिक नीजि साझेदारी तथा लगानी प्राधिकरण कानून निर्माण गरेको हो । दफावार छलफलपछि उक्त्त कानून पारित भएर कार्यान्वयनमा आउनेछ ।

सरकारले निर्माण गरेको सार्वजनिक निजी साभेदारी र लगानी प्राधिकरण कानुनले संयुक्त्त लगानी र परियोनाबारे नीति तर्जुमा गर्ने ,बिवरण संकलन गर्ने गराउने ,परियोजना छनौट गर्नै , परियोजना बैक तैयार गर्ने सयुक्त्त लगानीका ठूला परियोजनाहरुको स्विकृती प्रदान गर्ने कार्य गर्नेछ । साथै कानून कार्यान्वयनमा आएपछि संघिय सरकारको अनुमति लिएर बिदेशी लगानी जुटाउन र प्रर्बद्धन गर्न पनि सहज हुनेछ ।

यसबाहेक लगानी सम्मेलन गर्ने , दातृ र सरकारी गैरसरकारी निकायसँग समन्वय गर्ने , बिज्ञ , कर्मचारी सेवा करारमा लिने कार्यहरु पनि प्राधिकरणले गर्नेछ ।

छलफलमा रहेको उक्त्त बिधेयकमा प्राधिकरणको अध्यक्ष मुख्य मन्त्रि र बरिष्ठ मन्त्रि उपाध्यक्ष हुनेछन ।साथै प्रदेश सरकारका सबै मन्त्रिहरु र प्रमुख प्रदेश सचिव सहित ९ जना सदस्य हुनेछन । प्राधिकरण सदस्यमा तीन जना महिला हुनेछन । सरकारले नियुक्त्त गरेको कार्यकारी निर्देशक प्राधिकरणको सदस्य सचिव हुनेछ ।

साँसदहरु भन्छन , कानूनले लगानीको ढोका खोल्छ

शुक्रबार सार्वजनिक नीजि लगानीकालागि प्रदेश सभामा प्रस्तुत भएको बिधेयकको सैद्धान्तिक छलफलमा बोल्दै साँसदहरुले ढिलै आएपनि कानुन दुरुस्त आएको बताए । साँसद ओमप्रकाश सरावागीले लगानी सम्बन्धि कानून आउन ढिलाई हुँदा कृषी , उद्योग र पर्यटन क्षेत्रमा लगानी आर्कषित हुन नसकेको बताए ।

साँसद बिमल कार्कीले लगानी कानूनले प्रदेशमा रोगजारीको सृजना गर्ने औधोगिक बिकास बढाउने दाबी गरे । उनले ठूलामामात्र नभएर साना र मझौला लगानीमा पनि कानून प्रस्ट हुनुपर्छ भने । साँसद मोहनकुमार खडका , राजकुमार ओझा नबोदिता चौधरी लगायतले कानून निर्माण भैसकेपछि प्रदेशमा औधोगिक वतावरण तैयार हुने बिश्वास व्यक्त्त गरे । उनले प्राधिकरणको कार्यकारी निर्देशक परिक्षा प्रणालीबाट नियुक्त्त गर्ने व्यवस्था भए योग्य छनौट हुनसक्ने बताए ।

साँसद साबित्री जोशीले लगानीको क्षेत्रलाई बिद्यालय , अस्पाल लगायतको क्षेत्रमा पनि खुला गर्नु उपयुक्त्त हुनेमा जोड दिइन ।

प्रतिक्रिया

4 × 3 =

Loading...