fbpx

प्रहरी सम्बन्धि तीन विधेयक पारित

काठमाडौं ।

प्रहरीसंग सम्बन्धित तीन विधेयक आइतबार पारित भएको छ । आइतबारको प्रतिनिधि सभा बैठकले प्रहरी समायोजन विधेयक, २०७६, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) विधेयक, २०७६ र वातावरण संरक्षण विधेयक, २०७६ पारित गरेको हो ।

प्रतिनिधिसभाको बैठकमा सभामुख कृष्णबहादुर महराले सदनमा निर्णयार्थ प्रस्तुत गरेपछि सर्वसम्मतिबाट ती विधेयक पारित भएका हुन् ।

सदनमा क्रमशः गृहमन्त्री रामबहादुर थापा र वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले सोसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए । प्रतिनिधिसभाको अर्को बैठक यही साउन २८ गते अपराह्न १ बजेकोलागि बोलाइएको छ ।

प्रतिक्रिया

Loading...