fbpx

विराटनगरमा सोमबार सार्वजनिक बिदा

विराटनगर,
विराटनगर महानगरपालिकाले भोलि सोमबार सार्वजनिक बिदा दिएको छ । महानगरपालिकाले मुस्लिम धर्मावलम्बीहरूको महान् चाड ईद–उल–अजहाका लागि महानगरपालिकाभरि भोलि सार्वजनिक बिदा दिएको हो ।

महानगरले आज एक विज्ञप्ति जारी गर्दै सोमबार बिदा दिने जनाएको हो । विज्ञप्तिमा महानगरपालिका नगर कार्यपालिकाको कार्यालय तथा नगर क्षेत्रभित्रका सबै शिक्षण संस्थामा सार्वजनिक बिदा गरिएको जनाएको छ ।

कार्यबाहक प्रमुख इन्दिरा कार्कीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सोमबार मुस्लिम धर्मावलम्बीहरूको चाड ईद–उल–अजहा पर्ने भएकाले सोमबार महानगरपालिका नगर कार्यकालिकाको कार्यालय र अन्तर्गतका कार्यालयहरू एवं नगर क्षेत्रभित्रका शिक्षण संस्थाहरूमा सार्वजनिक बिदा गरिएको सूचित गरिन्छ ।

patra

प्रतिक्रिया

Loading...