fbpx

रोनाल्डो र मेस्सीको तुलना गर्दै बार्सिलोनाका पूर्वखेलाडीले यसो भन्छन्

एजेन्सी,
विगत एक दशकयता पोर्चुगिज खेलाडी क्रिष्टियानो रोनाल्डो र अर्जेन्टिनी खेलाडी लियोनल मेस्सीबीचमा को उत्कृष्ट भन्ने विषयमा धेरै अघिदेखि नै ठूलो बहस चल्दै आएको छ । धेरैले बार्सिलोनाका कप्तान मेस्सी तथा युभेन्टसका स्टार खेलाडी रोनाल्डोबीच को उत्कृष्ट भन्ने विषयमा आ–आफ्नो धारणा राख्दै आएका छन् ।

यी दुईबीचमा खेलाडीदेखि प्रशिक्षकसम्म तथा समर्थकदेखि विश्लेषकसम्म सबैले एक–एक वटा आधार लिएर तुलना गर्दै आएका छन् । साँच्चै भन्नुपर्दा यी दुईबीच कडा प्रतिस्पर्धा त छ नै, तर फरक–फरक क्षमता पनि छँदैछ । खास गरी यी दुई हस्तीबीच गोल संख्या, विभिन्न रेकर्डदेखि उपाधिमा समेत प्रतिस्पर्धी हुन् ।

game

मेस्सी र रोनाल्डोको प्रतिस्पर्धा मैदानभित्र मात्र विभिन्न अवार्ड तथा फ्यान फलोइङमा पनि उत्तिकै छ । यसैकारण त यी दुई खेलाडीबीच मैदानमा र मैदानबाहिर को उत्कृष्ट भन्ने कोणबाट अनेकौं टिकाटिप्पणी र तुलना हुने गरेका छन् ।

यस्तैमा बार्सिलोनाका पूर्वखेलाडी ग्यारी लिन्करले पनि मेस्सी र रोनाल्डोलाई तुलना गर्दै आफ्नो धारणा राखेका छन् । स्पोर्ट्स बाइबलसँगको अन्तर्वार्ताको क्रममा मेस्सी र रोनाल्डोमध्ये तपाईं कसलाई छान्नु हुन्छ भन्ने प्रश्न सोधिएको थियो । जसमा, बार्सिलोनाका पूर्वस्ट्राइकर लिन्करले मेस्सीलाई छान्ने बताएका थिए ।

बार्सिलोनामा तीन वर्ष बिताएका उनलाई मेस्सी र रोनाल्डोमध्ये को उत्कृष्ट भन्ने प्रश्न गरिएको थियो । जसमा, उनले चाखलाग्दो जवाफ दिए । उनले भने, ‘म दुवैलाई उत्तिकै मन पराउँछु । तर, तपाईं यही कुरा ट्वीटरमा भन्नुहुन्छ भने, त्यहाँ सबैभन्दा राम्रो गोल गर्ने रोनाल्डोको नाम पनि आउन सक्छ । यदि, तपाईं मेस्सीको फ्यान हुनुहुन्छ भने तपाईं मेस्सीका बारेमा बोल्नु हुन्छ । तर, यसमा रोनाल्डोको फ्यानले भने मेस्सी एकदमै ‘हाँस्यास्पद’ खेलाडी भन्न रुचाउँछन् । ’

उनले थपे, ‘तपाईं पनि दुवैलाई उत्तिकै मन पराउनुहुन्छ, जसरी म दुवैलाई मन पराउँछु । तर, उनीहरू धेरै फरक छन् । रोनाल्डो एक खेलाडी हुन् । उनी एक नेतृत्त्वकर्ता हुन्, उनी उनका खेलका लागि एकदमै उत्कृष्ट हुन् । उनी हेडिङमार्फ्त गोल गर्न सिपालु छन् । मैले अहिलेसम्म देखेका उत्कृष्ट गोलकर्तामध्ये रोनाल्डो एक हुन् । ’

यसैगरी लिन्करले मेस्सी राम्रा गोलकर्ता मात्र नभएर पास दिने अब्बल क्षमता भएका खेलाडी भएको बताए । उनले भने, ‘मेस्सी पन् िराम्रा गोलकर्ता हुन् । यस्तै उनीसँग पास दिने क्षमता पनि छ । मैले अहिलेसम्म देखेका सक्षम ड्रिबलरमध्ये मेस्सी पनि एक हुन् ।’

उनले भने, ‘जब म रोनाल्डोलाई हेर्छु, म उनको प्रसंशा गर्छु । जब म मेस्सीलाई हेर्छु, मेस्सीले मलाई आनन्द दिन्छन् । यही कुरा मात्र रोनाल्डो र मेस्सीमा फरक छ ।’

प्रतिक्रिया

Loading...