fbpx

घटस्थापनामा ‘रातो टीका निधारमा’

विराटनगर,
फिल्म ‘रातो टीका निधारमा’को पहिलो गीत सार्वजनिक कार्यक्रममा फिल्म दसैँमा आउने भनिए पनि फिल्मको रिलिज मिति भने तोकिएको थिएन । कार्यक्रमको भोलि पल्ट साँझमा फेसबुकमा एक स्टाटस लेख्दै फिल्मका निर्देशक अशोक शर्माले फिल्म असोज १० गतेबाट प्रदर्शनमा आउने जानकारी दिएका छन् । अहिलेसम्म अरु कुनै फिल्मले अशोज १० गतेका दिन प्रदर्शन मिति तोकेका छैनन् ।

यसअघि अशोज १०मा दीपकराज गिरीको निर्माण तथा निर्देशनमा तयार भएको फिल्म ‘छ माया छपक्कै’ प्रदर्शनमा आउने चर्चा चलेको थियो । तर, प्रभास स्टारर फिल्म ‘साहो’ को डरले भाद्र १३ गतेबाट ‘कबड्डी ३’ असोज ३ मा सरे पछि एक हप्तापछि फिल्म प्रदर्शन नगर्ने घोषणा गरेका दीपकको हातबाट फिल्म प्रदर्शन गर्नका लागि असोज १० गतेको मिति पनि उम्किएको छ ।

फूलपातीको अवसरमा आउने चर्चा रहेको फिल्म ‘रातो टीका निधारमा’ ले घटस्थापना रोजेपछि ‘छ माया छपक्कै’ को प्रदर्शन मिति अन्योलमा परेको छ । अशोककै निर्माण तथा निर्देशनमा तयार भएको फिल्ममा अभिनेत्री साम्राज्ञी आर एल शाह र अभिनेता अंकित शर्माको मुख्य भूमिका रहेको छ । यी दुईका साथै नीता ढुङ्गाना, खुश्बु खड्का, राजाराम पौडेल, बुद्धि तामाङ, शिवहरि पौडेल, लक्ष्मी गिरी, बसुन्धरा भुसाललगायतका कलाकारहरुको अभिनय रहेको छ ।

शम्भुजित बाँस्कोटा र कल्याण सिंहले संगीत भरेको फिल्मका गीतहरुमा प्रमोद खरेल, मेलिना राई, निशान भट्टराई र अस्मिता अधिकारीको आवाज रहेका छन् । पुरुषोत्तम प्रधानले छायांकन गरेको फिल्मलाई मित्र देव गुरुङले सम्पादन गरेका छन् । किरण शर्मा र अंकितको दिदी कृति शर्माले निर्माण गर्ने फिल्मबाट अंकितले नेपाली सिने क्षेत्रमा डेब्यु गरेका हुन् ।

प्रतिक्रिया

1 + 18 =

Loading...