fbpx

ढुंगागिट्टी ओसार पसार गर्ने चार ट्रयाक्टर प्रहरी नियन्त्रणमा

बिराटनगर । ऋबैध रुपमा ढुंगागिट्टी उत्खनन गरेर ओसारपसार गर्ने ४ट्रयाक्टरहरू प्रहरीले नियन्त्रणमा लिएको छ ।
मोरंगको केराबारी गाउपालिका ७ हुरहुरे खोलामा अबैध उत्खनन गरेर ढुंगागिट्टी उत्खनन गरेर ओसारपसार गर्ने को २त ६००६, को२ त८३१९, ना३ त३४४६ र को १ त ३७७५ नम्बरको ट्रयाक्टरहरू ईप्रका केराबारीले आइतबार नियन्त्रणमा लिएको ।
प्रहरीले नियन्त्रणमा लिएका सबै ट्रयाक्टरहरू कारवाहीको लागि केराबारी गाउँपालिकाको कार्यालयमा बुझाईएको छ ।
घरेलु मदिरा ओसारपसार गर्ने चार पक्राउ
यसैगरि घरेलु मदिरा ओसारपसार गर्ने चार जना आइतबार पक्राउ परेका छन । मोरंग बेलबारी नगरपालिका ११ लक्ष्मीमार्ग भित्री सडक खण्डबाट चार वटा १ सय ४४ लिटर घरेलु मदिरा ओसारपसार गर्ने मोरङ रङ्गेली नपा २ बस्ने ४० बर्षिय शरदपाल मण्डल सोही ठाउँका २१ ब्र्षिय श्यामसुन्दर सहर्नी , ४६बर्षिय बलदेब लामा र ४० बर्षिय उमेश मण्डल पक्राउ परेका हन । पक्राउ परेका मानिश , मदिरा साइकल कार्वाहीकालागि प्रहरीले आन्तरिक राजस्व कार्यालय मोरंगमा बुझाएको छ ।

प्रतिक्रिया

Loading...