fbpx

‘प्रेमगीत ३’ मा सकियो कलाकारको छनौट, चाँडै वर्कशप सुरु हुने

विराटनगर,
चलचित्र ‘प्रेमगीत’ र ‘प्रेमगीत २’को तेश्रो सिरिज ‘प्रेमगीत ३’ निर्माण हुने घोषणा भएदेखि नै एकपछि अर्को पुरानो तथा नयाँ कलाकारहरुको नाम जोडिँदै आएको क्रममा अहिले आएर फिल्मको फाइनल कास्टिङ लाइनअप पूरा भएको छ ।

फिल्ममा तेस्रो पटक ‘प्रेम’ को भूमिका अभिनेता प्रदीप खड्काले नै निभाउँदैछन् । २७ सय युवतीलाई उछिन्दै यसपटक क्रिस्टिना गुरुङले ‘गीत’को भूमिका निर्वाह गर्ने भएकी छन् । फिल्ममा अभिनेता प्रदीप, नवअभिनेत्री क्रिस्टिनाका साथ बालकलाकार समृद्धी शाही ठकुरी, अनुभव रेग्मी, भिलेनको भूमिकामा निर्माता सेन, प्रेमको पिता तथा राजाको भूमिकामा अभिनेता शिव श्रेष्ठ, प्रेमको भाइको भूमिकामा नव अभिनेता मनिष राउत तथा सुनिल थापालगायतका कलाकारहरुको अभिनय रहने भएको छ । चाँडै वर्कशप सुरु हुने फिल्ममा थप केही कलाकारलाई पनि भित्र्याइएको छ ।

फिल्ममा कलाकारको रुपमा लक्ष्मी बर्देवा, माओत्से गुरुङ, जीवन भट्टराई, जीवन बराल, जोत्सना खत्री र शिशिर राणा भित्रिएको निर्माता सन्तोष सेनले जानकारी दिएका छन् । फिल्ममा हरेक पात्रको आ–आफ्नै महत्त्व रहेको बताउँदै अब फिल्मका लागि कलाकार छनोट प्रक्रिया सकिएको छ । फिल्मका लागि पात्र सुहाउँदो कलाकार छनोट गरेका कारण धेरै समय लागेको उनको भनाइ छ । ‘प्रेमगीत ३’को कथा २ सय वर्ष पुरानो रहेको बताइएको छ ।

निर्माण टिमले चाँडैनै अभिनेता प्रदीपको क्यारेक्टर पोस्टर सार्वजनिक गर्ने तयारीमा रहेको छ । दसैँबाट छायांकनमा जाने यस फिल्मले नयाँ वर्षको छेको पारेर चैत्र २८ गते प्रदर्शनमा आउने भएको छ । ‘प्रेमगीत ३’ पहिलो र दोश्रो संस्करण् भन्दा निकै राम्रो तरिकाले निर्माण हुने र नेपाली फिल्म क्षेत्रको लागि एउटा उदाहरण बन्ने निर्माण टिमले बताएको छ । आशुसेन फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको यसको चलचित्रलाई निर्देशक छेतन गुरुङ र सन्तोष सेनले मिलेर निर्देशन गर्ने भएका छन् ।

प्रतिक्रिया

Loading...