fbpx

आज रियल मड्रिड र रोमाको भिडन्त हुँदै, बेल र मोड्रिक पनि टोलीमा

एजेन्सी,
स्पेनिस क्लब रियल मड्रिडले आज इटालियन क्लब रोमासँग खेल्दैछ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा रियलले रोमासँग खेल्न लागेको हो ।

यो खेल नेपाली समयअनुसार राति ११ः४५ बजेबाट सुरु हुनेछ । इटालीमै हुने यस खेलमा दुवै टोली जित निकाल्ने दाउमा मैदान उत्रिनेछन् । रियलले आज प्रि–सिजनको अन्तिम खेल खेल्दैछ । आजको खेलपछि रियल ला लिगामा जुट्नेछ । रियलले ला लिगाको पहिलो खेलमा सेल्टाभिगोसँग खेल्नेछ । यो खेल शनिबार हुनेछ ।

यसअघि रियलले ६ वटा प्रि–सिजनका खेलहरू खेलिसकेको छ । उसले बायर्न म्युनिख, आर्सनल, एथ्लेटिको मड्रिड, टोटनह्याम, फेनेरबेक र साल्जबर्गसँग प्रि–सिजनका खेल खेलिसकेको छ । जसमध्ये रियलले साल्जबर्गग, फेनेरबेक र आर्सनविरुद्ध जित निकालेको थियो ।

आजको खेलबाट रियल मड्रिडले आफ्ना फरवार्ड ग्यारेथ बेललाई खेलमा फर्काएको छ । चिनियाँ क्लब जाने चर्चापछि उनी पहिलोपटक रियलको टोलीमा परेका हुन् । बेल चिनियाँ क्लब जियाङ्सु सुनिङ जाने चर्चामा थिए । अघिल्लो महिना नै चीन जाने चर्चा चलेपनि बेलको सम्झौता रद्द भएको थियो । बेलले यसअघि प्रि–सिजनका छमध्ये एक खेलमा मात्र मौका पाएका थिए । जसमा रियलले जित निकालेको थियो ।

यस्तै आजको खेलमा उसले लुका मोड्रिकलाई पनि टोलीमा राखेको छ । मोड्रिड दुई पछिल्ला दुई खेलमा टोलीमा पर्न सकेका थिएनन् । रियलले रोमाविरुद्धको खेलमा बेल र मोड्रिकसँगै टोनी क्रुस, इडेन हाजार्ड, करिम बेन्जेमा, भिनिसियस जुनियर, इस्को, भरानो, नाचो, मार्सेलोलाई टोलीमा राखेको छ ।

प्रतिक्रिया

Loading...