नेपालमै कुरा गर्न भारतीय सिम, नेपाली नेटवर्कले काम नगर्दा नेपाल खबर बुझ्नै समस्या

विराटनगर ।
नेपालको सिमावर्ती नाकामा नेपालीले नै भारतीय सिम बोक्नु पर्ने बाध्यता रहेको छ । मोरङको सिमावर्ती क्षेत्रका बासिन्दाले भारतीय सिम बोक्ने गरेका हुन् ।

नेपाली सिमकार्डको नेटवर्क नदेखाउने तथा देखाएपनि राम्रोसंग कुराकानी गर्न नसकिने भएपछि उनीहरुले भारतीय सिम बोक्नु परेको हो । भारतीय सिम कार्ड लिन भारतीय आधार कार्डको आवश्यक्ता भएपनि नेपाली टेलिकम सेवा प्रदायकको सिमले नेटवर्क नदेखाएपछि भारतीय सिम प्रयोग गर्न भारतीय आफन्तको नाममा सिम निकालेर प्रयोग गर्न बाध्य भएको खबर विराटनगरको उद्घोष दैनिकले छापेको छ ।

मोरङको जहदाँ गाउपालिका ७ का धेरै जसको हातमा भारतीय नम्बर रहेको छ । नेपाल टेलिकम लगायतका सेवा प्रदायक कम्पनीले नेटवर्क विस्तार नगरेपछि भारतीय सिम प्रयोग गर्नु परेको चन्दन कुमार सिंहले बताए । नेपाली नम्बर भएकाहरुसंग भने उनीले मिसकल मात्रै हान्ने गरेको र उतैबाट कल ब्याक आएपछि बोल्ने गरेको उनले बताए ।

khelतर अत्यावश्यक सेवाका एम्बुलेन्स, प्रहरी र वारुणयन्त्रलाई खबर गर्नु परे भारतीय नम्बरबाट नहुने हुदाँ समस्यामा पर्ने गरेको उनीहरुले गुनासो गरे ।

प्रतिक्रिया

Loading...