धरानमा भेटियो ९ फिट लामो दुर्लभ किङकोब्रा

धरान ।
विश्वमै दुर्लभ मानिने किङ कोब्रा (राजगोमन) सुनसरीको धरानमा भेटिएको छ । साविक विष्णुपादुका गाविस हाल धरान वडा नम्बर २० स्थित कालिखोलामा किङ कोब्रा सर्प भेटिएको हो ।

सिस्नो टिप्न गएका यूवाहरुले किङ् कोब्रादेखेका थिए । किङकोब्रालाई कालिखोलाबाट सर्प उद्दारकर्मी प्रेम विष्टले उद्दार गरी लगेका छन् । ९ फिट लामो किङकोब्रा पुर्व क्षेत्रमा नै पहिलो पटक भेटिएको विष्टले बताए । उनले अहिलेसम्म कोशी पुर्व किङकोब्रा भेटिएको प्रमाण फेला परेको थिएन् ।

किङकोब्राले ६ फिट लामो धामन सर्प खादै गर्दा यूवाहरुले फेला पारेका हुन् । नागरिक पुर्वेलीमा छापिएको खबरमा किङकोब्रा असाध्यै विषालु र असाध्यै दुर्लभ रहेको विष्टले जानकारी दिए । यसअघि किङकोब्रा सिन्धुली, चितवन र म्याग्दीमा भेटिएको थियो ।

प्रतिक्रिया

Loading...