खेतीयोग्य जग्गा मासेर प्लटिङ गरि घर बनाउन रोक

काठमाडौं ।
सरकारले खेतीयोग्य जग्गा मासेर प्लटिङ गरि घर बनाउन रोक लगाउन लगाउने भएको छ । संघीय संसदको दवै सदनबाट भुउपयोगसम्बन्धी विधेयक पारित भएसंगै खेतीयोग्य जमिनमा जथाभावी घडेरी र प्लटिङ गर्न नपाइने भएको हो ।

नागरिक दैनिकमा छापिएको खबर अनुसार पारित विधेयकमा जग्गालाई नौ भागमा वर्गीकरण गर्दै आवासीय जग्गामा मात्र प्लटिङ तथा घडेरी बनाउन सकिने व्यवस्था गरिएको उल्लेख छ । यसले कृषियोग्य जमिनलाई खण्डीकरण गर्न रोक लगाएको हो । यो विधेयक राष्ट्रपतिले प्रमाणित गरेपछि लागु हुने छ ।

पारित विधेयकमा जग्गालाई कृषि, आवास, व्यवसायिक,औद्योगिक, खानी तथा खनिज, सांस्कृतीक तथा पुरातात्विक, नदी तथा तालतलैया, वन, सार्वजनिक उपयोग तथा निर्माण सामग्री क्षेत्र गरि ९ भागमा बाडेको छ ।

प्रतिक्रिया

Loading...