तीज भन्दै चर्काे गित र गहना प्रदर्शनमा प्रशासनको रोक

विराटगर । नेपाली महिलाहरुको महान पर्व तीजको बेला अरुलाई असर गर्ने कुनैपनि गतिविधि नगर्न मोरङ प्रशासनले आग्रह गरेको छ ।

प्रशासनले ठुलो समुह बनाएर होहल्ला गर्दै नाचगान, चर्काे आवाजमा संगित बजाउन र गरगहना प्रर्दशन नगर्न आग्रह गरेको हो । यस्तै अटेर गरे कारवाही गर्ने मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसीले बताए । पर्वको बेला कुनै एक घरमा बसेर होहल्ला गर्ने, चर्काे स्वरमा गितसंगीत घन्काउने र अरुलाई असर गरे कारवाही गर्ने उनको भनाई छ ।

यस्तै तडकभडक गरेपनि प्रशासनले नसहने उनले बताए । न्यु सृष्टि दैनिकमा छापिएको खबरमा होटल तथा पार्टी प्यालेसमा तीज विषेश कार्यक्रम गर्न भने रोक नलगाइएको उल्लेख छ । महिलाहरुको गरगहना हराउने घटन विगतका तीजहरुमा धेरै हुने गरेको थियो । तीजका कार्यक्रम जहाँ गरेपनि हुने भन्दै प्रमुख जिल्ला अधिकारी केसीले तर कानुन तोड्न खोजे कारवाही गरिने बताए ।

प्रतिक्रिया

Loading...