Rumpum Advertisement
Dazzu

गिनिस वर्ल्ड रेकर्डमा ह्याट्रिक गर्ने नेपाली

गिनिस वर्ल्ड रेकर्डमा ह्याट्रिक गर्ने नेपाली

पार्कर खेलमा दुई पटक विश्वकीर्तिमान राख्न सफल भएका दिनेश सुनारले फेरि अर्को कीर्तिमानी थपेसँगै विश्वकीर्तिमानीमा ह्याट्रिक गरेका छन् । उनले पहिलोपटक सन् २०१७ मा ‘मोस्ट ट्वीस्टिङ ब्याक फ्लिप्स अफ अ वाल’ अन्तर्गत १ मिनेटमा १८ पटक भित्तामा टेकेर ३६० डिग्रीमा शरीर घुमाएर भुइँमा सन्तुलित भएर टेक्ने काम गरी गिनिस वर्ल्ड रेकर्डमा आफ्नो नाम लेखाउन सफल भएका थिए ।

players

अहिले त्यही काम ३० सेकेण्डमा १२ पटक गरेर गिनिस वर्ल्ड रेकर्डमा नाम लेखाउन उनी सफल भए । त्यस्तै दोस्रो विश्व कीर्तिमान २०१८ मा पनि ३० सेकेण्डमा १६ पटक भित्तामा टेकेर उल्टी हानेको थिए । पार्कर अवरोध पार गर्ने साहसिक खेल हो, जुन विशेष गरी एक ठाउँबाट अर्को स्थानमा द्रुत गति र पेशेवर टेकनीकमा सुरक्षा कवजहरुको प्रयोगबिना खेल्ने गरिन्छ ।

फ्रान्समा १९८० को अन्त्यतिर विकास गरिएको पार्कर खेल इन्टरनेटको विकास भएसँगै १९९० को अन्त्य र २००० को दशकमा लोकप्रियता पाएको थियो । यद्यपि, यो खेल २०१२ मा दिनेशले परिचय नदिउन्जेल नेपालमा एलियन जस्तै थियो । दिनेशले नै नेपालमा यो खेल चिनाएका हुन् ।

खोटाङ्गमा जन्मिएका दिनेश सशस्त्र प्रहरीको खेलकुद शाखाको जिम्न्यास्टिक खेलाडी हुन् । जागिर खानका लागि जिम्न्यास्टिक गरेपनि उनले सानैदेखि देखाइरहेको कला पार्कर रहेछ भन्ने बुझेपछि दुवै खेल खेल्न थालेको उनी बताउँछन । जिम्न्यास्टिकको राष्ट्रिय प्रतियोगिताबाट उनले तीन वटा स्वर्ण पदक जितिसकेका छन् । गएको आठौँ राष्ट्रिय खेलकुदमा पनि उनी फ्लोर जिम्न्यास्टिकमा दोस्रो भएका थिए ।

play

दोस्रोपटक विश्व कीर्तिमान बनाएपछि उनी अमेरिकामा वर्ल्ड फ्री रनिङ एण्ड पार्कर फेडेरेसन (डब्लूपीएफएफ) को स्पोन्सर खेलाडीका रुपमा गएका थिए । उनी पार्कर विश्वकपमा नेपालबाट पहिलोपटक सहभागी हुन पाए । सन् २०१८ मा भएको त्यो विश्वकपमा उनी १०औँ स्थानमा आएको थिए । जसले नेपालमा पनि पार्कर खेल्छन् र खेलाडीहरु राम्रा छन् भनेर चिनाएको थियो ।

अभ्यास गर्ने सुरक्षित ठाउँ नहुँदानहुँदै पनि आफ्नो देशलाइ पार्कर खेलमार्फत चिनाउन उनी थाकेका छैनन् । सरकारको तर्फबाट पनि यस खेलबारे चासो दिइएको छैन । यहाँको अवस्था देख्दा दिनेशलाई बेलाबेला दिक्क लाग्ने गरेको बताउँछन् ।

उनी भन्छन्, ‘पार्करका प्रायः प्रतियोगिता युरोप तथा अमेरिकामा हुन्छ । त्यहाँ पुग्नै सकस छ । टालटुल गर्दै परिवार चलाउनु परेको छ अनि आफ्नो बलबुताले युरोप पुग्न कहाँबाट पैसा जुटाउनु । घरबाट पनि पैसा कमाएन भन्ने गुनासो भइरहन्छ । त्यसैले विदेश पलायन नै होउँ कि जस्तो पनि लाग्छ ।’

game

त्यैपनि दिनेश आफ्नो देशको लागि लडिरहेका छन्, गरिरहेका छन् । देशलाई विश्वसामु चिनाउन अन्तिम साससम्म लागि रहने उनको इच्छा छ । उनलाई सहायता र हौसला गर्ने उनका शुभचिन्तक, दाजुभाइ, दिदीबहिनी, इष्टमित्रप्रति उनी आभारी रहेको बताउँछन् ।

प्रतिक्रिया

Comments are closed.