Rumpum

Rumpum Advertisement

डेंगु नियन्त्रण्मा चुनौती

डेंगु नियन्त्रण्मा चुनौती

काठमाडौं ।

पछिल्लो समयमा धरानलाई मात्रै आधार मानेर डेंगु नियन्त्रणको प्रयास थालिएपनि काठमाडौंमा पनि यसका संक्रमित भेटिएपछि नियन्त्रणकालागि प्रभावकारी कार्यक्रमको आवश्यक्ता देखिएको छ ।

काठमाडौंमा एक महिलालाई डेंगु देखिएको हो । गत बैसाखदेखि शुक्रबारसम्म देशभरका ४२ जिल्लमा ३ हजार ४ सय २५ जनामा डेंगुको संक्रमण देखिएको छ । लामखुट्टेको टोकाइबाट फैलिने रोग डेंगुको प्रकोप कात्तिक मंसिरसम्म रहन सक्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका भेक्टर कन्ट्रोल निरीक्षक उत्तमराज प्याकरेलले बताए । यो वर्ष डेंगुको कारण एक जनाको मृत्यु भएको छ ।

सन् २०१८ मा तीनजनाको मृत्यु भएको थियो । वर्षायाममा देशभर डेंगुको संक्रमण बढ्न सक्ने विज्ञहरुले बताएकाछन् । नेपालमा डेंगु फालाउने दुबै प्रकारका लाम्खुट्टे एडिस एजेप्टाई र एडिस एल्वोपेक्टस पाइएको छ । मान्छेबाट मान्छेमा डेंगु सर्देन् । यो रोग उपचार पछि निको हुन्छ । यसको संक्रमणबाट बच्न झुलभित्र सुत्नु पर्ने विज्ञहरुले सुझाब दिएको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ