के के हुदै छ सागको लागि ?

काठमाडौं ।

हरेक दुई वर्षमा हुनु पर्ने दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) २० वर्षमा चार पटक मात्र भएको छ । यही बीष पछि नेपाले फेरी साग प्रतियोगिता आयोजक हुने मौका पाएको छ ।

आगामी मंसिर १५ गतेदेखि सुरु हुने प्रतियोगिता १० दिन सम्म चल्ने छ । १३ औँ सागको आयोजक रहेको नेपालले भारतमा सम्पन्न १२ औँ सागमा ३ वटा गोल्ड मेडल जितेको थियो ।

यही कारण घरेलु मैदानमा आयोजक राष्ट्र दबाबमा छ । प्रतियोगितामा २७ खेलमा नेपाली खेलाडी सहभागि हुने छन् । ती खेलाडीहरुले अहिलेदेखि नै अभ्यास सुरु गरेका छन् । सागकालागि १ हजार २ सय २२ खेलाडी प्रशिक्षणमा छन् । सागकालागि यो वर्षमात्रै ४९ करोडको संरचना निर्माण हुदैछ ।

गत वर्ष ८ औँ राष्ट्रिय खेलकुद र सागकोलागि ६८ करोडको संरचना निर्माण भएको थियो । प्याराग्लाइडिङ, उसु, कराँते, तेक्वान्दो, जुडो, एथ्लेटिक्स, सुटिङ तथा फुटबललगायतका खेलमा नेपालको स्वर्णको अपेक्षा छ । नयाँ पत्रिका दैनिकको खबर अनुसार भारोत्तलन, बक्सीङ, क्रिकेट लागयतका खेलमा नेपाल सहभागि हुने छ ।

प्रतिक्रिया

Loading...