औद्योगिक ग्रामको माग

विराटनगर ।

सुनसरी मोरङ औद्योगिक क्षेत्रका उद्योगी व्यवसायीले सेजको विकल्पमा औद्योगिक ग्राम र निकासी जोन बनाउन माग गरेका छन् । संघीय सरकारले जग्गा उपलब्ध गराउन नसक्दा सुनसरीको अमडुवामा निर्माण हुने विशेष आर्थिक क्षेत्र (सेज)पनि अलपत्र परेको छ ।

प्रदेश १ सरकारले चालु आर्थिक वर्षको बजेटमा सेज निर्माण गर्न ३ करोड छुट्याएको छ । यस्तै औद्योगिक क्षेत्रकोलागि २ करोड रुपैयाँ प्रदेश सरकारले विनियोजन गरेको छ । विषेश आर्थिक क्षेत्र समिति अमडुवा फार्मको ३१२ विगाह जमिनमा सेज स्थापना गर्न करिब ४० लाख रुपैयाँ खर्च गरि डिपिआर तयार पारेपनि जग्गा उपलब्ध नहुदाँ काम भने सुरु नभएको निर्देशक चण्डी भट्टले बताए ।

सेजकालागि दुई वर्ष अघि सरकारले ८८ करोड विनियोजन गर्दै जग्गा खरिद प्रकृया सुरु गरेको थियो । तर जग्गा अधिग्रहण प्रकृया सुरु नहुदाँ बजेट फ्रिज भएको भएको कान्तिपुर दैनिकमा उल्लेख छ ।

प्रतिक्रिया

Loading...