तरकारीको मुल्यवृद्धि १ सय ९ प्रतिशत

काठमाडौं ।
चाडपर्व नजिकिदै जादाँ तरकारी झन झन महँगो हुदै गएको छ । तरकारीसंगै फलफुल र खाद्यान्नको मुल्यले आकास छुन लागेको हो । वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभागले सार्वजनिक गरेको तथ्यांकमा तरकारीको मुल्य १ सय ९ प्रतिशत बढेको उल्लेख छ ।

यस्तै चामल, मकै, आँटा, दाल, चिनी, तिल लगायतका बस्तुको मुल्य दुई महिना यता २२ प्रतिशतले बृद्धि भएको छ । मूल्य बढ्नु पर्ने कारण नभएपनि तर बजारभाउ दैनिक आकासिदै गएको छ । कान्तिपुर दैनिकमा छापिएको खबरमा तीन साता अघि आपुर्ति विभागले गरेको छलफलमा व्यापारीले चाडपर्वको बेला १०० प्रतिशतसम्म मुल्यवृद्धि हुन सक्ने बताएको उल्लेख छ ।

बजार भाउ बढेपछि उद्योग वणिज्य तथा आपुर्ति मन्त्रालयले सातै प्रदेशका मन्त्रीसंग छलफल सुरु गरेको छ । चाडपर्वमा मुल्यवद्धि नियन्त्रण गर्न र आपुर्ति सहज बनाउन छलफल सुरु गरेको हो । सरकारले ल्याएको उभोक्ता संरक्षण ऐन २०७५ प्रभावकारी बनाउन नियमावली जारी गर्न सकेको छैन् । अन्य खाद्यान्नमा पनि मुल्य वृद्धि भएको विभागको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया

Loading...