fbpx

अब म्यानपावर व्यवसायी पनि सम्पती छानविनमा पर्ने

काठमाडौं ।
सरकारले शंकास्पद आर्जन गरेका म्यानपावर व्यवसायीहरुको सम्पत्ति छानविन गर्ने भएको छ । छानविनकोलागि सरकारले आन्तरिक तयारी थालेको हो । यसकालागि अनुसन्धान शुरु गर्न सरकारले आधार तयार गरिसकेको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले म्यानपावर व्यवसायीहरुलाई अनुसन्धन गर्न वैदेशिक रोजगार विभागसँग सहकार्य हुने छ ।

वैदेशिक रोजगार विभागका महानिर्देशक भीमष्कुमार भुसालले म्यानपावर व्यवसायमा रहेका विकृति हटाउन सम्पत्ति शुद्धीकरण विभागसँग समझदारी भइसकेको जानकारी दिए । ‘म्यानपावरहरुमा व्यवसायिक मर्यादा कामय गर्न दुई विभागबीच समझदारी भएको भन्दै उनले म्यानपावर व्यवसायको शुद्धीकरणको अभियानमा यसले सहयोग गर्ने बताए ।

बैदेशिक रोजगार विभागको सहयोगमा सम्पत्ति शुद्धिकरण विभागले म्यानपावर व्यवसायी र कम्पनीहरुमाथि गर्ने अनुसन्धानमा गर्ने समझदारीपछि अनुन्धानको बाटो खुलेको हो । हाल म्यानपावर व्यवसायीले सरकारले तोकेको १० हजार रुपैयाँ भन्दा बढी शुल्क लिएर कामदार विदेश पठाइरहेको अबस्थामा यस्तो अनुसन्धान भए सर्वसाधारणले राहत पाउने छन् ।

यसरी म्यानपावर व्यवसायीले सरकारले तोकेको भन्दा बढी उठाउदाँ राज्यले कर समेत गुमाइरहेको मात्रै छैन् कालो धन आर्जन समेत बढ्दै गएको छ । प्रधानमन्त्री कार्यालय मातहत ल्याएपछि शंकास्पद कारोबारमाथि अनुसन्धान तीव्र पारेको सम्पत्ति शुद्धीकरण विभागले म्यानपावर व्यवसायीमाथि पनि नजर लगाएको हो ।

हाल राजश्व अनुसन्धान विभागले गरेका अनुसन्धानमा धेरैजसो म्यानपावरले कामदार पठाएबापत विदेशी कम्पनीसँग पैसा लिने तर त्यसको हिसाब लुकाएर कर छल्दै आएको पाइएको छ ।

प्रतिक्रिया

nine − four =

Loading...