fbpx

ओमानमा टी–२० सिरिज खेल्दै नेपाल

विराटनगर । नेपालले ओमानमा आयोजना हुने टी–ट्वान्टी सिरिन खेल्ने भएको छ । टेष्ट मान्यता प्राप्त राष्ट्र आयरल्याण्ड सहितका पाँच देशले सहभागिता जानाउने क्रिकेट सिरिजमा नेपालले खेल्ने भएको हो । प्रतियोगिता असोज १८ गतेदेखि २३ गते सम्म सञ्चालन हुनेछ ।

ओमान क्रिकेटले आयोजना गर्ने सिरिजमा नेपालसहित आयोजक ओमान, टेष्ट राष्ट्र आयरल्याण्ड, हङकङ र नेदरल्याण्ड सहभागि छन् ।
प्रतियोगितामा नेपालले नेपालले पहिलो खेल हङकङसँग खेल्नेछ ।

नेपाल र हङकङबीचको खेल असोज १९ गते हनेछ । आफ्नो दोस्रो खेल नेपालले असोज २० गते नेदरल्याण्डसँग खेल्नेछ । असोज २२ गते आयरल्याण्डसँग प्रतिस्पर्धा गर्ने नेपाली टोलीले अन्तिम खेलमा नेपालले आयोजक ओमानसँग असोज २३ गते खेल्ने छ ।

युएईमा आयोजना हुने आईसीसी टी(ट्वान्टी विश्वकपको ग्लोबल छनोट अघि ओमानले पाँच राष्ट्रबीचको सिरिज खेलाउन लागेको हो । नेपाल ग्लोबल छनोटमा नपुगे पनि ओमानले आमन्त्रण गरिसकेको कारण नेपालले सहभागिता जनाउन लागेको हो ।

प्रतिक्रिया

Loading...