fbpx

प्रदेश सवारी कानून बनाउन माग

बिराटनगर । एक नम्बर प्रदेशकालागि चाँडै सवारी कानून निर्माण गर्न साँसदहरुले माग गरेका छन ।

प्रदेशको आफनै कानून नहुदा सवारी व्यवस्थापनमा समस्या बढदै गएको भन्दै चाँडो कानून निर्माण गर्न साँसदहरुले सरकारसँग माग गरेका हुन ।

२४ साउनमा एक नम्बर प्रदेश सभाको बैठकमा बोल्दै साँसद श्रीप्रसाद मैनालीले प्रदेश सवारी नीति नबनाउँदा समस्या बढको भन्दै चाँडै नीति बनाउन प्रदेश सरकारसँग माग गरे । उनले नीति बनाएर प्रदेशको यातायात व्यवस्था सुदृढ नबनाएसम्म नेपाल भ्रमण बर्ष २०२० पुर्ण सफल हुन सक्दैन भने ।

सोही बैठकमा साँसद जयराम यादवले प्रदेश सरकारका दुई मन्त्रिहरु भर्खरै चीन भ्रमणमा गएर फर्किएकोले उक्त्त भ्रमणको किसिम र उद्देश्य प्रदेश सभालाई जानकारी गराउन माग गरे ।
साँसद प्रतापप्रकाश हाङगामले प्रदेश सभाका बिषयत समितिका सभापतिहरु ६० लाखको मोटर चढदैमा संबृद्धि आउदैन भन्दै सबैलाई समान व्यवहार गर्न माग गरे । उनले देशमा गरिबी बढिरहेको अवस्थामा साँसदहरुले झन सुबिधाभोगी बन्दै जानु असुहाउँदो कार्य हो भने ।

प्रतिक्रिया

Loading...