fbpx

प्लास्टिकको चामल बिक्री गरेको आरोपमा छापा, दुई बोरा चामल बरामद

वीरगन्ज,
वीरगन्जमा प्लास्टिकको चामल बिक्री गरेको आरोपमा छापा मारिएको छ । प्लास्टिकको चामल बिक्री वितरण गरेको आरोपमा वाणिज्य कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका–११ रानिघाटस्थित राज लक्ष्मी खाद्यान्न भण्डारमा छापा मारेको हो ।

वाणिज्य कार्यालयले छापा मारेर दुई बोरा चामल बरामद गरेको छ । छिमेकी मुलुक भारतमा निर्मित जीराशक्ति र रिपुराज भन्ने चामलमा प्लास्टिकको चामल मिसाइएको भनेर उपभोक्ताले दिएको उजुरीका आधारमा वाणिज्य कार्यालय, जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको संयुक्त टोलीले सो खाद्यान्न भण्डारमा छापामारी अनुसन्धानका लागि दुई बोरा चामल नियन्त्रणमा लिएको हो । टोलीले अनुसन्धान भइरहेको भन्दै गोदाम सिल गरेको छ ।

उपभोक्ताहरुको स्वास्थ्यमाथि खेलबाड गर्ने व्यापारीहरुलाई कार्यवाही गरिने भन्दै पर्साका प्रजिअ नारायणप्रसाद भट्टराईले गलत गर्ने व्यापारीहरुको विरुद्धमा उपभोक्ताहरु जागरुक हुनुपर्ने बताए । प्लास्टिकको चामलको प्रयोगले क्यान्सर जस्ता गम्भीर रोग लाग्ने भएकाले यस्ता चामलको प्रयोगबाट टाढा रहन चिकित्सकहरुले सम्बन्धीत सबैलाई आग्रह गरेको छ । रासस

प्रतिक्रिया

Loading...