fbpx

विप्लव समुह छोड्ने प्रतिबद्धतापछि जिल्ला सचिव रिहा

झापा ।

प्रतिबन्धित नेकपा विप्लव समूहका जिल्ला सचिवालय सचिव पुष्प अधिकारीले समुह छोड्ने लिखित प्रतिबद्धता जनाएपछि रिहा भएका छन् । मेचीनगर–१० घर भई हाल विर्तामोड–२ मा बस्दै आएका ४१ वर्षीय अधिकारी २५ दिनअघि काठमाडौँ जान लागेको अवस्थामा पक्राउ प्रहरीले पक्राउ गरेको थियो ।

उनलाई जिल्ला प्रशासन कार्यालय झापाले रिहा गरी परिवारलाई जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताए ।

रिहा भएलगत्तै अधिकारीले अब आफूले स्वतन्त्र जीवन बिताउन चाहेको र विप्लव समूहबाट राजीनामा पहिल्यै दिइसकेको बताए । उनले विप्लव पार्टीले मे १ प ६१० नम्बरको मोटरसाइकल आफ्नो नाममा खरीद गरि पार्टीले नै प्रयोग गरिरहेको बताए ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता श्रेष्ठका अनुसार विप्लव समूहमाथि प्रतिबन्ध लागेयता झापामा १६ उच्चतहका कार्यकर्ता पक्राउ परेको छन् । जसमध्ये पाँच जना पार्टी परित्याग गरी स्वतन्त्र जीवन बिताउने लिखित प्रतिबद्धता गरेर रिहा भएका छन् ।

प्रतिक्रिया

Loading...