महानगरको लापरवाहीले वधशाला निर्माणको बजेट फिर्ता

विराटनगर ।

विराटनगर महानगरपालिकामा व्यवस्थित पशु वधशाला निर्माण गर्न प्रदेश सरकारले महानगरपालिकालाई दिएको अनुदान बजेट फिर्ता भएको छ ।

महानगरले विस्तृत परियोजना प्रतिवेदन बनाउन नसक्दा प्रदेश सरकारको तीन करोड बजेट फिर्ता गएको हो । प्रदेश सरकारको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमार्फत महानगरलाई दिइएको बजेट विराटनगर ८ मधुमारामा निर्माणाधिन वधशालाको डिपिआर तयार गर्न नसक्दा फिर्ता गएको कान्तिपुर दैनिकमा समाचार छ ।

हाल बनेका संरचना वधशालाको लागि उपयुक्त नभएकोले पुन संरचना गर्ने वा भत्काएर अर्के बनाउने भन्ने विषयमा महानगरपालिकाले डिपिआर बनाउने जिम्मा गैह्रसरकारी संस्था हेफर इन्टरनेशनलाई दिएको थियो । तर हेफरले डिपिआर बनाउने काम नै शुरु नगरेको महानगरका प्रशासकिय अधिकृत एकदेव अधिकारीले बताए ।

महानगरले काम सुरु नगरेपनि टेण्डरमात्रै आव्हान गरेको भएपनि बजेट दिन बाटो खुल्ने भएपनि काम नगरेपछि बजेट फिर्ता गएको कृषि मन्त्रालयका सचिव हस्तबहादुर विष्टले बताए । चालु आर्थिक वर्षमा पनि प्रदेश सरकारले वधशाला बनाउन ५ करोड रुपैयाँ विनियोजन गरेको छ । वधशाला निर्माण गर्न २२ करोड रुपैयाँ लाग्ने र त्यसको ७० प्रतिशत प्रदेश सरकारले व्योहोर्ने भएको छ ।

प्रतिक्रिया

Loading...