Rumpum

Rumpum Advertisement

ताप्ली पुग्ने सडक खुल्यो, लिम्चुङबुङ अझै प्राकृतिक नाकाबन्दीमा

ताप्ली पुग्ने सडक खुल्यो, लिम्चुङबुङ अझै प्राकृतिक नाकाबन्दीमा

उदयपुर ।

असारको अन्तिम सातामा लगातार परेको वर्षाले बन्द भएको उदयपुरको ताप्ली पुग्ने बाटो खुलेको छ । लगातार तीनसातासम्म गरिएको मर्मतपछि बाटो खुलेको हो ।

ताप्ली ३ को इलामे हुदै रुपाटारसम्म पुग्ने एउटा नाकामात्रै खोल्न सकिएको नागरिक पुर्वेलीमा खबर छ । सिद्धिचरण लोकमार्ग जोड्ने सडक बिहिबारदेखि खुलेको हो । सडक अबरुद्ध भएपछि ताप्ली सम्पर्क विहिन भएको थियो । खाद्यान्न र उपभोग्य बस्तुको हाहाकार भएको बेला तीनसाता लामो प्रयासमा सञ्चालनमा आएको गाँउपालिकाले जनाएको छ ।

वर्षापछि अबरुद्ध भएका गाँउपालिका जोड्ने कटारी बेतिनी नुनथला रुपाटार थानागाँउ बासबोटे सडक खुलेको हो । सडक मर्मत उपभोक्ता समितिका अध्यक्ष तोपबहादुर ठकुरीले रुपाटारदेखि ताप्लीको वडानम्बर ३ इनामेसम्म सडक दुखसुख सञ्चालनमा आएको जानकारी दिए ।

अर्काे विकट लिम्चुङबुङ गाँउपालिका जोड्ने सडक भने सञ्चालन हुने अझै केही साता लाग्ने छ । गाँउमा चर्काे खाद्यान्न संकट भएपनि सडक सञ्चालन गर्न नसकिएको गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत भक्त राईले बताए । सडक मर्मत सुरु गरेको दुई साता भएपनि सुचारु हुने सम्भावना छैन् ।

यी दुबै गाँउपालिकामा सडक अबरोध भएपछि प्रदेश सरकारले हेलिकोप्टरमार्फत खाद्यान्न राहत पुर्याएको थियो ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ