Rumpum

Rumpum Advertisement

धरानको तरकारीमा शुन्य विषदी

धरानको तरकारीमा शुन्य विषदी

धरान ।

सुनसरीको धरानमा बिक्रि विरतण हुने तरकारीमा विषादीको प्रयोग नभएको पाइएको छ । पहाडी क्षेत्र र छेउछाउबाट धरानमा ल्याएर बिक्रि गर्ने तरकारी तर सागसब्जीमा विषादी नभएको परिक्षणले देखाएको छ ।

धरान उपमहानगरपालिकाको सहयोगमा फोरम फर हेल्थ रिसर्च एण्ड डेभलपमेण्टले गरेको परिक्षणको प्रतिवेदनमा धरानमा बिक्रि हुने तरकारी विषादी मुक्त रहेको उल्लेख छ । महानगरको आर्थिक सहयोगमा फोरमले गरेको परिक्षणमा तरकारी तथा सब्जीमा विषादी नभएको पाइएको हो ।

नागरिक पुर्वेलीमा छापिएको खबरमा तरकारीको नमुना परिक्षण विश्वकै उत्कृष्ट विषादी परीक्षण गर्ने प्रविधि ग्याँस क्रोमेटोग्राफी मान स्टोक्ट्रोेमेटी (जिसिएमएस) बाट गरिएको दाबी फोरमका अध्यक्ष धिरेन लिम्बुले बताएको उल्लेख छ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय प्रविधि क्याम्पसका माइक्रोबायोलोजी विभागका प्रमुख समेत रहेका लिम्बुले तरकारीको नमुना परिक्षण गर्दा विषादीको मात्र नभएको देखिएको दाबी गरे ।

धरानका बिभिन्न तरकारी बजारबाट नमुना संकलन गरिएका तरकारीहरुमा आलु, टमाटर, रायोसाग, धनियाँ, बोडी, तोरीसाग लगायतकाको परिक्षण गरिएको थियो ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ