fbpx

ओखलढुङगामा चितुवा आतङक नियन्त्रण गर्न साँसदको माग

बिराटनगर  । ओखलढुङगा जिल्लाका खडेरी पिडित बासिन्दामाथि चितुवा आतंङक थपिएको भन्दै नियन्त्रण गर्न साँसदले प्रदेश सरकारको ध्यान आर्कषण गराएका छन ।

२३ साउनमा बसेको एक नम्बर प्रदेश सभा बैठको शुन्य समयमा बोल्दै साँसद मोहनकुमार खडकाले ओखलढुंङगाको खडेरी प्रभावित चम्पादेबी गाउँपालिकाको १,२ र ३ नम्बर वडामा चितुवा आतङक बढेकोले तुरुन्त नियन्त्रण गरेर जीउधनको सुरक्षा गरिदिन प्रदेश सरकारको ध्यान आर्कषित गराएका हुन ।

साँसद खडकाका अनुसार केही हप्तादेखी एक्कासी आउने चितुवाले स्थानिय मोहनकुमार मगरकेो घरमा पालेर राखेको बाख्रापाठा खाएर आतङ मच्चाउन सुरु गरेको थियो । उक्त्त चितुवाले चम्पादेबी गापका १,२,३ वडामा रहेका बासिन्दाहरुको एक दर्जन बढी पशु चौपायाहरु खाइसकेको छ । चितुवाको आक्रमणमा परेर स्थानिय हिराबहादुर श्रेष्ठ गम्भिर घाइते भएका छन उनको सिन्धुलीको खुर्कोटमा उपचार भैरहेको छ । चितुवा आतङक तुरुन्त नियन्त्रण नगरेमा चम्पादेबीमा अझै धेरै जनधनको क्षति हुनेछ । बाघ जस्तै देखिने चितुवा आतङ निरन्तर हुन थालेपछि स्थानियहरु चिन्तित बनेका छन ।

साँसद खडका अनुसार खडेरीले गर्दा ओखलढुंगाबासी अन्नबाली भित्रयाउन नपाउँदा मारमा परेको र त्यहीमाथि जंगली जनावरले घर पालुवा पशुहरु खाएर नष्ट गरिदिँदा ईन्तु न चिन्तु बनेका छन । साँसद खडकाले खडेरी र चितुवा पिडित बासिन्दालाई उचित क्षतिपुर्ति दिन र सुख्खाग्रस्त क्षेत्रमा सिँचाइको भरपर्दो व्यवस्था गर्न माग गरे ।
सोही बैठकमा साँसद राजकुमार ओझाले मोरंग बेलबारी नगरपालिका ११ आगलागीमा परेका ४ घरपरिवारलाई उचित क्षतिपुर्ति दिन माग गरे । उनले बिराटनगर राजधानी घोषणा भैसकेकोले साँधुरो प्रदेश सभाको बैठक भवनलाई फराकिलो बनाउन काम थाल्न पनि सरकारसँग आग्रह गरे ।
साँसद राधा थापाले सुनसरीको बराह क्षेत्र दर्शन गर्न जाँदा पहिरोमा परेर झापा काकडभिट्टाका धनी राजकुमार श्रेष्ठको गाडी पहिरोले पुरिरहेकोले निकालेर दिन सरकारसँग आग्रह गरिन । उनले झापा मेची नगरपालिकामा पर्ने निन्दा खोलाको राजपैनी पुर्ननिमाण गर्न पनि माग गरिन ।
साँसद लीलासुब्बाले धनकुटाको कुरुलेतेनुपालाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेर दिगो सिँचाइको व्यवस्था गर्न माग गरिन । साँसद सीता थेबेले पनि पाँचथरका खडेरी पिडितहरुलाई अल्पकालिन राहत मात्र हैन दिर्घकालिन समाधान हुनेगरि बैकल्पिक योजनाहरु लागू गराउनुपर्नेमा सरकारको ध्यान आर्कषण गराइन ।
जाँचबुझ आयोग बिधेयक पारित
एक नम्बर प्रदेश सभाले प्रदेश जाँचबुझ आयोग बिधेयक पारित गरको छ ।

२३ साउनमा बसेको प्रदेश सभाको बैठकले प्रदेशमा जाँचबुझ तथा अनुसन्धान गर्न बनेको बिधेयक २०७६ सर्बसम्मतले पारित गरेको हो ।
सोही बैठकबाट प्रदेश सभाले प्रदेश स्वायत्त सँस्था गठन गर्न बिधेयक बिद्यायन समितिमा पठाएको छ ।

सभामा पेश भएको बिधेयकमा ७ जना साँसदहरुले शंसोधन प्रस्ताव दर्ता गराएपछि सभाले बिधेयक न्यायप्रशासन तथा बिद्यायन समितिमा पठाएको हो । छलफलपछि साँसदहरु मोहन खडका , सबित्रा रेग्मी , उमिता बिक, रामकुमार राई , साबित्रा जोशी लगायतले शंसोधन प्रस्ताव दर्ता गराएका छन ।

यसैगरि २३ साउनको बैठकमा एक नम्बर प्रदेश सभामा पेश भएको प्रदेश लोक सेवा आयोग बिधेयकमा छलफल सकिएको छ । २३ साउनमा छलफलमा सहभागी साँसदहरुले उठाएका प्रश्नहरुको आन्तकिर मामिला तथा कानून मन्त्रिले जवाफ दिएपछि बिधेयक उपरको छलफल सकिएको हो । छलफल सकिएसँगै उक्त्त बिधेयकलाई उपसभामुख सरस्वती पोखरेलले शंसोधन प्रस्ताव दर्ता गराउन साँसदरुलाई ७२ घण्टाको समय दिएकी छन । शंसोधन प्रस्ताव दर्ता भएमा बिधेयक छलफलकालागि बिषयगत समितिमा जानेछ भने दर्ता नभएमा निर्णयार्थ पेश भएर सभाबाट पारित हुनेछ ।

प्रतिक्रिया

Loading...