fbpx

भित्री वस्त्रको प्रयोग गर्दा पनि ध्यान दिने की ?

विराटनगर ।

दैनिक प्रयोग गरिने भित्रि वस्त्र लगाउदा, किन्दा, धुदा तथा सुकाउदा धेरै कुरामा ध्यान दिनु पर्ने हुन्छ । भित्री वस्त्र भनेको कसैले देख्दैन भन्दै खरिद गर्दा त्यसको बारेमा खासै ख्याल राख्ने गर्दैनौं । तर, भित्री वस्त्र किन्दा वा लगाउदा सहज हुनुपर्छ ।

अन्याथा यसले शरीरमा असर गर्न सक्छ । भित्री वस्त्रको विषयमा कुराकानी गर्ने खासै चलन छैन। धेरैलाई यस विषयमा कुरा गर्न लाज मान्ने गर्दछन् । भित्रीवस्त्रको प्रजनन स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्ध रहन्छ । यसै कारणपनि भित्रीवस्त्रको बारेमा संवेदनशिल हुन जरुरी छ ।

सिल्क वा सिन्थेटिक कपडामा हावा नपस्ने हुने भएकोले भित्रि वस्त्र स्वास्थ्यको हिसाबले राम्रो मानिदैन् । बरु सहजै हावा छिर्ने सुतिको कपडाको किन्दा राम्रो हुन्छ । हावा नपस्ने कपडाको प्रयोग गर्दा छालामा इन्फेक्सन समेत हुन सक्छ । आफुलाई फिट हुने, हिँडडुल गर्न सजिलो हुने भित्री वस्त्र किन्ने गर्नु पर्छ । रंगबिरंगी भित्रि वस्त्र आकर्षक देखिएपनि सफा एवं सेतो रंगको भित्री वस्त्र नै किन्न चिकित्सकहरुले सुझाव दिने गरेका छन् । भित्रि वबस्त्रलाई निश्चित अवधीमा बदलि राख्नु पर्छ । धेरै समय एउटै बस्त्रको प्रयोग गर्दा यसले प्रजनन अंगामा समस्या समेत ल्याउन सक्छ ।

दिनहुँ लगाइने अण्डरवेयरलाई दिनदिनै फेर्नु र धुनु अति आवश्यक हुन्छ । भित्री वस्त्रको सिधा सम्पर्क छालासंग हुने हुदा इन्फेक्सन तथा विभिन्न रोगहरुबाट बच्नका लागि भित्री वस्त्र सफा, सुकिलो र हाइजेनिक हुन अति आवश्यक देखिन्छ । भित्री वस्त्रमा पहेंलो दाग, गहिरो रंग देखा पार्न थाल्यो भने यसलाई सामान्य सम्झनु हुँदैन । यसले गोप्य अंगको वरिपरिको भागमा सधैं चिलाउने, दाद आउने, कालोपन जस्ता समस्याहरुलाई निम्त्याउन सक्छ । त्यसैले हामीले सर्फ र तातोपानीले यस्तो दागलाई हटाउने कोसिस गर्नु पर्छ ।

जति धुदा पनि दाग गएन भने तुरुन्त आफ्नो अण्डरवेयर बदल्नु पर्छ । दाग हटाउनका लागि एसिड अथवा ब्लीचको प्रयोग गर्नु छालाको लागि अझ हानिकारक हुन्छ । अण्डरवेयरलाई छुट्टै धुने गर्नु पर्छ । अन्य कपडासंगै धुँदा अण्डरवेयरमा भएका इन्फेक्सनहरु अन्य कपडामा पनि सर्ने डर हुन्छ । सके सम्म अण्डरवेयरलाई हातले धुनु राम्रो हुन्छ । अण्डरवेयर दिनहुँ धुन अल्छि लागेमा अण्डरवेयरहरु जम्मा गरेर एकै पटक अन्य कपडाहरु भन्दा छुट्टै राखेर धुन सकिन्छ । इन्फेक्सनमुक्त बनाउनका लागि धोइएका भित्रि बस्त्रहरुलाई घाममा सुकाउनु पर्छ ।

भित्रि बस्त्रलाई वाशिङ मेसिनमा नै धुनु पर्‍यो भने धुनु अगाडी धुलाई सम्बन्धित सूचनाहरु ध्यानपूर्वक अध्ययन गर्नु जरुरी हुन्छ । वासिङ मेसिनमा कपडा धुदा धुने र सुकाउने झण्झट गर्नु नपर्ने भएपनि केही कुरामा ध्यान दिन आवश्यक छ । हट वाटर अप्सन छनोट गरेर अण्डरवेयरहरुलाई हल्का मन तातो पानीमा धुने गर्नु पर्छ । तातो पानीले धुन सम्भव छैन भने लाउन्ड्री सेनिटाइजरको प्रयोग गर्नु पर्छ ।

प्रतिक्रिया

Loading...