fbpx

यस्ता छन् आँखाका रोचक तथ्य

विराटनगर ।
आँखाको बहिरी बनावट सामान्य हुने गर्छ । तर, हाम्रो आँखाको भित्री बनावट अत्यन्तै जटिल हुने गर्छ । आँखाको बारेमा हामीलाई धेरै कुराहरु थाहा नभएको हुन सक्छ । हरेक मान्छेको एउटा आँखा तेज र अर्को आँखा कमजोर हुने हुन्छ । एउटा आँखा करीब १० लाख भन्दा धेरै सेल्सहरु मिलेर बनेको हुन्छ । एउटा आँखाको तौल करीव २८ ग्राम सम्म हुने गर्छ ।

मानिसको जन्मदेखि मृत्युसम्म आँखाको आकारमा कहिले पनि परिवर्तन आउदैन । बैज्ञानिकहरुका अनुसार एक स्वस्थ मानिसले प्रतिमिनेट औषत १७(२० पटक आँखा झिम्काउँछ । यसलाई गणनागर्ने हो भने एउटा मानिसले १ दिनमा करीब १६ हजार पटक र बर्षमा ६० लाख पटक आँखा झिमक्याउने गर्छ । हरेक पटक आँखा झिम्क्याउँदा आँखा करीव ०।३ सेकेन्डको लागि बन्द हुन्छ ।

हामीले कहिले पनि आँखा खोलेर हाछिउ गर्न सक्दैनौ । आँखा खोलेर हाछिउ गरेमा आँखाको डल्लो नै निस्किने सम्भावना समेत हुने गर्छ । आँखा झिमझिम गर्दा आँखामा कचेरा जम्मा हुन नपाई पखालिने गरिन्छ । खुशी, दुखि, रिस, पिडा जस्ता भावनात्मक अवस्थामा हाम्रो आँखाबाट आँशु आउने गर्छ । आँखाको कोर्निया मानव शरीरको एक मात्र त्यस्तो तन्तु हो जसमा रगतको प्रवाह हुने गर्दैन ।

स्वस्थ आँखा तथा सामान्य दृष्टिका लागि आँखामा आँशु ज्यादै महत्वपूर्ण हुन्छ । भर्खर जन्मेको बच्चा रुँदा आँशु आउँदैन । आँखाको रिजोलुसन ५७६ मेघा पिक्सेल हुन्छ । मानिसको आँखाले १ करोड फरक रङ्ग छुट्याउन सक्छ । यदि पृथ्वी समतल भएको भए आँखामा ५० कि।मी। पर रहेको बलिरहेको बत्ति देख्ने क्षमता समेत हुन्छ । धेरै जसो मानिसहरुको आँखाको रंग खैरो हुने गर्छ ।

खानामा भिटामिन ‘ए’ को कमी, हिटर, पंखा, एअर कन्डिसनर, कम्प्युटर, मोबाइलको लगातार प्रयोग गर्नु, बाथको रोग, मधुमेह, थाइराइड सम्बन्धी समस्या, विभिन्न औषधिको सेबन तथा आँखामा प्रयोग, महिनावारी बन्द हुँदा तथा पाठेघरको शल्यक्रिया गर्दा पनि हाम्रो आँखा सुक्खा हुने गर्छ ।आँखा सुख्खा भएमा धेरै टेलिभिजन, कम्प्युटर वा मोबाइलको अतियाधिक प्रयोग गर्नु हुदैन ।

प्रतिक्रिया

Loading...