fbpx

चीनदेखि पनि पाइपलाइनबाट पेट्रोलियम पदार्थ

काठमाडौं ।

भारतबाट ल्याउने पेट्रोलियम पदार्थ पाइपलाइनबाट आयात सुरु भएसंगै चीनबाट पनि पाइपलाइनबाट ल्याउन तयारी सुरु गरिएको छ । भारतको नाकाबन्दीपछि विकल्पका रुपमा चीनबाट पेट्रोलियम पदार्थ ल्याउन सक्ने निर्णय भएको थियो ।

चीनको केरुङदेखि रसुवागढी नुवाकोट तथा धादिङसम्म पाइपलाइन विस्तारको सम्भाव्यता अध्ययन गर्न लागिएको नागरिक दैनिकमा खबर छ ।

चीनले केरुङसम्म रेल चलाएपछि रेलमार्गबाट ल्याएको पेट्रोलियम पदार्थ पाइपलाइनबाट नेपाल ल्याउने विषयमा अध्ययन गर्न चीन सकरकारलाई अनुरोध गर्ने नेपाल आयल निगमले तयारी गरेको हो । सरकारको योजना अनुसार सम्भाव्यता अध्ययन गर्ने कार्यक्रम राखिएको निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री भएको बेला सन् २०१६ मार्चमा भएको चीन भ्रमण भएको बेला चीन नेपाल इन्धन व्यापार सहमति भएको थियो ।

प्रतिक्रिया

Loading...