fbpx

ओली नहुदाँ प्रचण्ड सक्रिय

काठमाडौं ।

प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली उपचारकालागि विदेश गएको बेला अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सकृय भएकाछन् ।

दाहालले एकीकरण प्रकृयालगायतका विषयमा नेताहरुसंगको छलफल तीब्र पारेका हुन् । उनले व्यक्तिगत छलफलका क्रममा पार्टीका बरिष्ठ नेता झलनाथ खनालसंग र अर्का बरिष्ठ नेता माधव नेपालसंग छलफल गरेका हुन् । ‘अध्यक्ष (प्रचण्ड) अहिले पार्टीको काममा निरन्तर व्यस्त हुनुहुहन्छ । पार्टीका नेताहरुसंग आन्तरिक छलफल तथा संवादमा हुुनुहुन्छ’ एक सचिवालय सदस्यलाई उदृत गर्दै अन्नपुर्ण पोष्टले खबर छापेको छ ।

दाहालले बुधबार खनाल र सोमबार नेपालसंग भेटवार्ता गरेका थिए । प्रचण्डले गृहमन्त्री रामबहादुर थापा बादल र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठसंगपनि छलफल गरेका छन् । प्रधानमन्त्री ओली फर्के लगत्तै साउन २८ मा नेकपाको सचिवालय बैठक बस्दैछ । त्यसैकोलागि प्रचण्डले भेटघाट तीब्र पारेका हुन् । नेकपामा कार्यविभाजन, एकता प्रकृया, राजनीतिक परिदृष्य, र पार्टीको कार्यक्रमका विषयमा प्रचण्डले छलफल गरेका हुन् ।

उता पार्टी महासचिव विष्णु पौडेलले भने भुमिका विहिन केन्द्रिय नेतालाई रुचि सोध्न थालेका छन् । विभागीय जिम्मेवारी दिनु अघि नेताहरुसंग रुचि बुझ्न नेकपाको सचिवालयले जिम्मा दिएपछि नेताहरुको रुचिको विषयमा पौडेलले प्रश्न गर्न थालेका हुन् ।

प्रतिक्रिया

Loading...