fbpx

पारसले जिते धोनी र गेललाई

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसिसी)ले सार्वजनिक गरेको नयाँ टी ट्वान्टी व्याटिङ वरियतामा नेपाली टिमका कप्तान पारस खड्का भारतीय टोलीका पुर्व कप्तान महेन्द्र सिंह धोनी र वेष्ट इन्डिजका व्याट्सम्यान क्रिस गेल भन्दा अगाडी पुगेका छन् ।

खड्का ६६ स्थानमा रहदाँ धोनी ६७ औँ स्थानमा छन् । गेल ७३ औँ स्थानमा रहेको आईसिसीले जनाएको छ । पारस टि ट्वान्टी त्रिकेटको अलराउण्ड खेलाडी तर्फ पनि एकै पटक १५ स्थान उक्लिदै २६ औँ नम्बरमा पुगेका छन् । पारस आईसिसीको यो बरियतामा पुग्ने पहिलो नेपाली खेलाडी बने । पारससंगै २६ औँ स्थानमा भारतका सुरेश रैना र जिम्बावेका इल्टोन चिगुम्बुरा रहेका छन् ।

तर सोमपाल कामीको बरियता भने खस्किएको छ । उनी टी ट्वान्टी अलराउण्ड बरियतामा ६७ स्थानमा पुगेका छन् । आईसिसीले बुधबार सार्वजनिक गरेको तालिकामा ६७ स्थानमा रहेको कामी पहिले ४९ स्थानमा पनि रहेका थिए । नयाँ पत्रिका दैनिकमा रहेको समाचारमा बलिङतर्फ सोमपाल र बसन्तको रेग्मीको बरियता खस्किएको खबर छ । सोमपालको ७८ औँ स्थान पुगेको छ भने रेग्मीको ७१ औँ स्थानमा नाम रहेको छ ।

प्रतिक्रिया

Loading...