fbpx

विराटनगर-बथनाह रेल्वे परियोजनामा कमसल काम, सामान्य पानी पर्दा भत्कियो पर्खाल (भिडियाेसहित)

मोरङ । विराटनगर–बथनाह निर्माणधिन रेल्वे परियोजनाको नेपाल कस्टम यार्डको पर्खाल सामान्य वर्षाले  भत्काएको छ । भारत सरकारको सहयोगमा निर्माणधिन विराटनगर–बथनाह रेल्वे परियोजनाको नेपाल कस्टम यार्डको २०० मिटर पर्खाल सामान्य वर्षाले भत्काएको हो ।

१८ किलोमिटर लम्बाइ रहेकाे रेल्वे परियाेजनाको निर्माण भारतीय इरकोण इन्टरनेशनल कम्पनीले गरिरहेको छ । ठेकेदारले कमसल काम गरेका कारण सामान्य वर्षाले नेपाल कस्टर्म यार्डकाे पर्खाल जगदेखि नै भत्काएको हो ।

गत बैशखामा सामान्य असिना पानी आउँदा रेल्वे लिकको १५० मिटर नाला भासिएको थियो । असिनाले कस्टम यार्डको पर्खालमा क्षती पुगेको थियो । साउन पहिलो साता परेको पानीका कारण कस्टम यार्डको उत्तर तर्फ ४० मिटर र दक्षिण तर्फ १६० मिटर पर्खाल भत्किएको हो । वर्षाका कारण रेल्वे परियोजनाले निर्माण गरेका अन्य संरचाना पनि क्षति पुगेको छ ।

भारतीय ठेकेदारको झारो टार्ने काम, जग नउँठाई पर्खाल निर्माण

भारतीय ठेकेदार कम्पनी इरकोण इन्टरनेशनल लिमिटेडले भारतको बथनाहदेखि नेपालको कटहरी गाउँपालिका सम्म रेल्वेलाइन निर्माणका क्रममा लापरबाही गरेकाे पाइएकाे छ । नाला भत्किएकाे चार महिना बित्न नपाउँदै पर्खाल पनि भत्किएपछि ठेकेदारकाे लापरबाही बाहिरिएकाे हाे ।

निर्माणधिन रेल्वे परियोजना भारत बनथाहा देखि विराटनगर हुँदै कटहरी गाउपालिका –२ सम्म १८.१ किलोमिटर लम्बाई मध्ये ८ किलोमिटर क्षेत्रमा काम अन्तिम चरणमा पुगेको छ । तर ठेकेदारले कमसल निर्माण गर्दा रेल नचल्दै पर्खाल भत्किएको हो ।

कस्टम यार्डमा निर्माण गरिएको पर्खालको जग  खनिएको छैन् । जमिनको सतहमा सानाे जग उठाई बनाइएको पर्खाल सामान्य पानी पर्दा जगबाट नै उखेलिएको  थियाे ।

कमसल कामका कारण रेल्वे कस्टम यार्डमा निर्माण गरिएको करिब ८ सय मिटर पर्खाल नै धरापमा परेकाे छ । जग नउठाई बनाइएको पर्खालमा वर्षाको पानीले क्षती पूर्याएको छ । वर्षाको पानीले छिद्रा छिद्रा बनाएको पर्खाल हातले कोट्याउँदा पनि भत्कन्छ ।

गत वैशाखमा सामान्य हावा पानी आउँदा ढल निकास नाला भत्किएको थियो । भारत बथनाहादेखि विराटनगर कस्टम यार्ड सम्म रेलको इन्जिन परीक्षण गरेको क्षेत्रमा एकसय ८० मिटर ढल नाला भासिएपछि पून निर्माण गरिएकाे थियाे ।

ठेकेदार प्रतिनिधी सन्तोष झा ठूलो वर्षाले माटो बगाएका कारण पर्खाल भत्किएको बताउँछन् । कस्टम यार्डको उत्तर तर्फ ४० र दक्षिण तर्फ १६० मिटर पर्खाल जग सहित भत्किएको उनले बताए । वर्षाका कारण क्षति पुगेको बताउँदै उनले निर्माणमा ठेकेदारले लापरबाही नगरेको बताए ।

गत बैशाखमा भत्किएकाे रेल्वे लाइनकाे निकास नाला । फाइल फाेटाे ।

प्रतिक्रिया

Loading...