fbpx

टी २० विश्वकपः नेपालको झिनो आशापनि सकियो, नाइजेरियालाई मौका

काठमाडौं,
नाइजेरियाले टी–२० विश्वकपको अन्तिम छनोट खेल्ने अवसर पाउने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले जिम्बाब्वेको स्थानमा नाइजेरियालाई खेलाउने निर्णय गरेको हो ।

जिम्बाब्वे निलम्बनमा परेपनि एसिया छनोटमा तेस्रो भएको नेपाल वरीयताका आधारमा अघिल्लो चरण पुग्ने सम्भावना थियो । नेपाल क्रिकेटमा ११ औं वरीयतामा छ । तर, आइसीसीले जिम्बाब्वेको स्थानमा नाइजेरियालाई खेलाउने निर्णय गरेको हो ।

नाइजेरिया अफ्रिका छनोटमा तेस्रो भएको टोली हो । आईसीसीको निर्णयसँगै विश्वकप छनोटमा केन्या र नामिबियासँगै नाइजेरियाले पनि अन्तिम छनोट खेल्न पाउने भएको छ । अक्टोबरमा यूएईमा हुने छनोटमा १४ देशले भाग लिनेछन् र शीर्ष ६ विश्वकपमा पुग्नेछन् ।

प्रतिक्रिया

seven − five =

Loading...