fbpx

‘क्यालिबर शुज’ बिराटनगर बजारमा

बिराटनगर । केडी कम्पनीबाट उत्पादित ‘क्यालिबर शुज’ अब बिराटनगरमा पनि खरिद गर्न पाइने थालेकाे छ । विराटनगरको ट्राफिक चोकमा गत असारदेखि शोरुम सञ्चालनमा आएपछि नेपालमै उत्पादनहुने ‘क्यालिबर शुज’ खरिद गर्न पाइन थालेको हो ।

प्रदेश न १ मा ‘क्यालिबर शुज’को यो एक मात्र शोरुम हो । विराटनगरमै रहेको जुत्ताबजार डट कमको टिमले क्यालिबर शुजलाई प्रदेश नम्बर एकमा भित्र्याएको हो ।

एक हजार ७ सय ५० देखी ३ हजार ८ सय रुपैयाँसम्मका क्याजुअल, स्नीकरदेखि खेलकुद, र औपचारिक , बुट तथा अन्य विभिन्न किसिमको क्यालिबर जुत्ताहरु बिराटनगरको शोरुममा उपलव्ध छन् । काठमाडौं उपत्यकाभित्र क्यालिबर शुजको ११ वटा र उपत्यकाबाहिर सिन्धुपाचोक , बुटवल , पोखरा , चितवन र विराटनगरमा आधिकारिक आउटलेट छन्  ।

‘क्यालिबर शुज’ उत्पादनकर्ता केडी सुज इन्डस्ट्रिज हो । यो कम्पनीले २३ वर्षदेखि निरन्तर रूपमा विभिन्न प्रकारका जुत्ताहरू नेपालमै उत्पादनगर्दै आइरहेको छ । चीनबाट आयात भएको कच्चापदार्थ र नेपालकै नयाँ सोच र नयाँ प्रविधि तथा डिजाइनसहित कम्पनीले जुत्ता उत्पादनगर्दै आएको छ ।

प्रतिक्रिया

11 − ten =

Loading...