उदयपुर सिमेन्ट उद्योग दुई महिनादेखि बन्द, करिब ३२ करोड घाटा

उदयपुर . उदयपुर सिमेन्ट उद्योग दुई महिनायता बन्द रहेको छ । उद्योगको एउटा सामान्य मेसिन बिग्रिँदा ६७ दिनदेखि बन्द रहेको हो । ८ सय मेट्रिक टन क्षमताको उद्योगमा क्लिंकर पोल्ने मेसिन (सस्पेन्सन प्रि हिटर) बिग्रिएको कारण उद्योगमा उत्पादन ठप्प भएको छ ।

बन्द हुनु अघिसम्म दैनिक सात सय मेट्रिक टन सिमेण्ट उत्पादन हुदै आएको थियो । मासिक १४ करोडको सिमेण्ट उत्पादन गर्ने उद्योग बन्द हुदाँ दुई महिनामा २८ करोड घाटा भएको छ । यस्तै कर्मचारीको तलब र न्यूनतम विजुलीको खर्च समेत जोडदा थप ४ करोड व्ययभार उद्योगलाई थपिएको छ ।

तर बिग्रिएको मेसिनको मुल्य भने एक करोड रुपैयाँ रहेको छ । तर बिग्रिएको मेसिनको विकल्प नराख्दा समस्या भएको नयाँ पत्रिका दैनिकमा खबर छ । लगातार २१ वर्षदेखि घाटामा गइरहेको सिमेण्ट उद्योग केही वर्षयता नाफामा रहेको छ । जापान सरकारले २५ वर्ष अघि स्थापना गरिदिएको यो उद्योगमा सञ्चित नोक्सानी ४ अर्ब २४ करोड ३२ लाख रुपैयाँ रहेको छ ।

उदयपुरको त्रियुगा नगरपालिका १२ जलजलेमा रहेको यो सिमेण्ट उद्योगको पहिले देश भर १ हजार १ सय डिलर रहेकोमा अहिले १ सय ६० मात्रै डिलर छन् । यी डिलरले समेत सिमेण्ट बेच्न आनाकानी गर्दै आएका छन् ।

प्रतिक्रिया

Loading...