चिया विकास निगमले छल्यो कर, सञ्चालनको जिम्मा स्थानीय तहलाई दिनु पर्ने माग

इलामा ।

सांघाई समूहसंग रद्द गरी नेपाल चिया विकसा निगम अन्र्तगतका चियाबगान आफुलाई चलाउन दिन संघीय सरकारलाई स्थानीय तहहरुले माग गरेका छन् ।

निगमका चिया बगानले २० वर्षयता व्यवसायिक, भुमि र सम्पत्ति कर नतिर्दा झण्डै एक अर्व रुपैयाँ नोक्सानी भएको इलामका सुर्याेदय, माई र इलाम नगरपालिकाले सम्झौता रद्द गर्न माग गरेका हुन् । कन्याम चिया बगान रहेको सुर्याेदय नगरपालिकाका मेयर रणबहादुर राईले निगमले कर र शुल्कबाहेकका सेवा सर्तसमेत पालना नगरेको बताएकाछन् ।

स्थानीय तहलाई संघाई ग्रुपले नटेरेको राईको आरोप छ । उनले कन्याम चिया बगान पर्यटकीय आकर्षणको प्रवेशविन्दु भएपनि स्थनीय तहलाई फाइदा नभएको राईको भनाई छ । सुर्याेदय नगरपालिकाले चिया बगान नीजि क्षेत्रबाट फिर्ता लिएर आफुलाई सञ्चालनको जिम्मा दिन नगर सभाबाट विशेष प्रस्ताव पास गरेको मेयर राईले बताए ।

तर निगमले भने सरकारलाई वार्षिक कर तिरीरहेको भन्दै स्थानीय तहलाई समेत दोहोरो कर तिर्नु नपर्ने जनाएको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया

Loading...