सुपारीका व्यापारी सुकुमेलमा लागे

विराटनगर ।

तीन वर्षयता नेपाली भारततर्फ सुपारी निकासी रोकिए जत्तिकै भएको छ । तेश्रो मुलुकबाट निर्यात गरिएको सुपारी नेपालको उत्पादन भन्दै कागज बनाएर भारत पठाउने गरिन्थो ।

त्यसैले भारतमा सुपारी पुर्याउदाँ महँगो हुने हुदाँ व्यापारीहरुले सुकुमेल, मरिच आयात बढेको छ । यी बस्तुको मुल्य भारतमा महँगो भएको कारण नेपाली व्यापारीहरुको आकर्षण बढेको हो । केहीसमय अघिसम्म सुपारी आयात गर्दै आएका व्यापारीले अहिले मरिच, सुकुमेल र केराउ आयात गर्न थालेका हुन् ।

भन्सार महसुल बढेसंगै नेपालबाट भारत सुपारी जान छोडेपछि भारतमा उच्च माग रहेका अन्य बस्तुतर्फ नेपाली व्यापारी मोडिएका हुन् । विराटनगरका एक पुराना व्यापारीले पहिले पहिले आयातित सुपारीमा भन्सा कम थियो र भारतमा जताततै खुलेका पान मसला उद्योगले नेपालबाट सुपारी लाने गरेका थिए ।

नेपालले अहिले सुपारीको भन्सार बढाएपछि नेपालमा सुपारी महँगो भएको छ । नेपाल भन्दा वर्मामा सुपारीको भन्सार सस्तो भएका कारण इण्डोनेसियाको सुपारी वर्मा ल्याएर वर्माकै उत्पादन भन्दै आसाम हुदै भारत पठाउने गरिएको छ ।

केराउ नेपालमा भन्दा भारतमा ३० रुपैयाँ प्रतिकिलो मुल्य बढी रहेको छ । भारतमा पहले १ हजार रुपैयाँ रहेको अहिले ५ हजार भारतीय रुपैयाँमा विक्रि हुने गरेको छ । नेपालले स्वदेशमा खपत हुने नभई भारततर्फ निकासी गर्ने उदेश्यले आयात गरिने सामानको भन्सार बढाएपछि सुपारीको आयात घटेको हो । नेपालमा चाइनिज स्याउ,लसुन, अदुवा आयात गरि भारत पुर्याउने गरिएको छ ।

यो खबर उद्घोष दैनिकमा छापिएको छ ।

प्रतिक्रिया

Loading...