fbpx

रायोको साग खाने गर्नाले हट्छ हड्डी खिइने समस्या

विराटनगर।  रायोको सागमा प्रसस्त मात्रामा फाइबर, भिटामिन के, भिटामिन ए, भिटामिन बि, भिटामिन सी, म्याग्नेसियम र फोलेट जस्ता पोषक तत्वहरु पाइन्छ । रायोको सागमा धेरै मात्रामा पाइने भिटामिन के ले हड्डीलाई आवश्यक पर्ने खनिज प्रदान गर्छ । साथै, यसले रगत जम्ने र अनावश्यक ठाउँमा क्याल्सियम जम्मा हुने क्रम पनि रोक्छ ।

हाडजोर्नी विशेषज्ञ डा। प्रविण नेपालका अनुसार शरीरमा ५० वर्ष कतेपाची तथा भिटामिन के को कमिले गर्दा खेरि हड्डी खिइने समस्या उत्पन्न हुने गर्छ । भिटामिन के ले महिनावारीका बेला जीउ दुख्ने समस्या समेत निम्त्याउने गरेको हुन्छ । भिटामिन के को कमिमा शरीरलाई चाहिने आवश्यक कुराहरु हर्मोनबाट नलिकन हड्डीबाट लिन सुरु गर्न थाले पछि हड्डी खुकुलो हुन गइ, खिइने क्रम बढ्दै जान्छ । रायोको सागले बाथका रोगीलाई पनि राहत दिन्छ ।

हड्डी खिइने समस्या भएका व्यक्तिहरूका लागि रायोको साग एकदम लाभकारी मानिन्छ । रायोको सागमा पाइने भिटामिन के ले प्रोस्ट्रेट, कोलोन, पेट, नाक र मुखको क्यान्सर लाग्ने जोखिमलाई कम गर्छ । गर्भवती महिलालाई वाकवाकी आउने, टाउको दुख्ने जस्ता समस्या पनि भिटामिन के को कमीका कारण हुनेगर्छ । रायोको सागमा प्रसस्त मात्रामा फाइबर पाइने हुदा यसले पाचन प्रणालीलाई सक्रिय बनाउदै खाएको खानालाई अपच हुन नदि सजिलै संग पचाउन मद्दत गर्छ ।

यसले कब्जियत हुन नदिनुका साथै पेट सम्बन्धि हुने विभिन्न रोग निको पार्न सहयोग पुर्याएको हुन्छ । पेट सम्बन्धि विभिन्न रोग निको भएमा र रगत समेत सफा पार्ने भएकाले यसको सेवनले छालालाई इन्फेक्सनबाट जोगाएर सफा र चम्किलो राख्नमा मद्दत पुर्याउने गर्छ । मुटुसम्बन्धी हरेक खालका समस्या नलागोस् भन्ने चाहनेले रायोको सागको नियमित सेवन गर्नु पर्छ ।

पाचनशक्ति निकै कमजोर छ भने, हप्तादिन जति रायोको दानालाई पिसेर तरकारीमा हालेर खाने गर्नाले पाचन शक्ति बलियो बन्दै जान्छ र भोक नलाग्ने समस्या पनि बिस्तारै हटेर जान्छ । रायोको सागमा प्रसस्त मात्रामा भिटामिन ए पाइने हुनाले केटाकेटीलाई रतन्धो रोगबाट बचाउँनुका साथै हाम्रो आँखाको दृष्टिलाई समेत कम हुन दिदैन । यसको सेवनले शरीरमा गर्मि पैदा गरेर रुघा खोकीको समस्या हुन दिदैन ।

रायो साग भिटामिन सी को राम्रो स्रोत भएको कारणले यसको नियमित सेवनले रुघाखोकी, निमोनिया, फोक्सोको इन्फेक्सन जस्ता रोगहरुबाट जोगाउने गर्छ ।पिसाबको नलीमा हुने पत्थरीको जोखिमलाई पनि रायोको सागको सेवनले कम गर्न मद्दत गर्छ । उमेर बढ्दै गएपछि दिमागको सम्झने क्षमतामा कमि आउन थाल्छ । नियमित रुपमा रायोको सागको सेवन गरेमा हराएको स्मरणशक्तिको समस्यालाई ४० प्रतिशतसम्म कम गर्न सकिने विभिन्न अनुसन्धानले समेत पट्ट लगाइसकेका छन् ।

प्रतिक्रिया

Loading...