fbpx

औषधिको प्रयोग पनि प्रयोग गर्न सकिने कालो मरिचका फाइदाहरु

विराटनगर।  कालो मरिचलाई भान्सामा एक प्रकारको मसलाका रुपमा प्रयोग गरिन्छ । आयुर्वेद विज्ञानमा कालो मरिचलाई खानामा मात्र नभएर विभिन्न औषधिको रुपमा पनि प्रयोग गर्न सकिन्छ । आयुर्वेद र यूनानी चिकित्सा शास्त्रहरूमा कालो मरिचको उपयोग कफ, बाथ, श्वास तथा एनोरेक्सिया रोगहरूमा भनिएको छ । मसलाको रुपमा प्रयोग गरिने कालो मरिचले स्वास्थ्यमा आश्चर्यजनक फाइदा दिन्छ भन्ने कुरा विभिन्न अनुसन्धानले समेत साबित गरिसकेको छ ।

युनिभर्सिटी अफ इलिनोइमा पोषणका पूर्वप्राध्यापककिथ सिङ्गलटरीका अनुसार पशुहरुमा गरिएका थुप्रै अध्ययनबाट मरिचले ग्यास्ट्रो इन्टेस्टाइनल ट्रयाक्टमा फाइदा पुर्याउने पाइएको छ । कालो मरिचले पेटमा पाचन रसको उत्पादन बढाउने गर्छ । मरिचले पाचन शक्ति बलियो बनाउनुका साथै पेटलाई सफा पार्ने काम गर्छ । यसले ग्यास्टिक, एसिडिटी जस्तो रोगबाट सहजै छुटकारा दिलाउने काम गर्छ ।

स्वादमा अलिक पिरो हुने भएको कारणले गर्दा यसले पेट तथा शरीरको अन्य भागमा हुने किटाणुहरु नष्ट गर्न मद्दत गर्दछ । मरिचमा   ‘भिटामीन सी’,’भिटामीन ए’,’क्यारोटिन’ लगायत अन्य किटाणुनासक गुण लुकेको हुन्छ जसले शरीरमा क्यान्सर लगायत अन्य रोगहरु लाग्न दिदैन । कालो मरिचमा पाइने ‘एन्टिअक्सिगडेन्ट’ले मष्तिष्कको गडबडी, मुटुरोग तथा टाइप टु डाइबिटिजको जोखिम कम गर्न सक्छ ।

दैनिक चियामा कालो मरिचको धुल्लो हालेर पिउने गर्दा यसले धुलो तथा धुवाँका कारण छातीमा हुने समस्या, घाटी दुख्ने, खोकी लाग्ने, फ्लु तथा भाइरल शंक्रमणबाट छुटकारा दिलाउन ठूलो मद्दत गर्दछ । यसले रक्त संचारलाई नियमित बनाएर खराब कोलेस्टेरोललाई कम गर्नुका साथै छालामा अक्सिजनको मात्रा उपलब्ध गराउँछ । एक चम्चा महमा एक चिम्टि कालो मरिचको धुलो मिसाएर सेवन गर्नाले लामो समय देखि सताइरहेको रुघाखोकी समेत हराएर जान्छ ।

बादुल्की आउने समस्याले सताएमा कालो मरिचलाई डडाएर त्यसको धूँवा सुँघेमा एकै छिनमा निको हुन्छ । हरेक दिन कालो मरिचको सेबन गर्नाले मांशपेशीमा लाग्ने रोग लाग्न पाउँदैन र शरीरमा फुर्ती प्राप्त हुन्छ । कालो मरिचको नियमित सेवनले छालामा चम्किलो बनाएर चाउरी पर्दैन र डण्डीफोर आउँन दिदैन । कालो मरिचको प्रयोगले तनाव तथा डिप्रेशन जस्तो भयानक रोग समेत लाग्न पाउँदैन । यसले हाम्रो दिमागलाई सहज बनाउनुका साथै सकृय समेत बनाउन मद्दत गर्छ ।

साथै कालो मरिचलाई टाउको दुखेमा, आँखाको समस्यामा, पक्षाघात भएमा, शरीर सुनिएमा, अमलपित्त भएमा, घाटी बसेमा, भोक जगाउनका लागि, कम्मर दुखेमा, विभिन्न प्रकारको ज्वोरो आएमा प्रयोग गर्न सकिन्छ ।

प्रतिक्रिया

Loading...