नेकपाको मुख्यालय नै सरकारी जग्गामा

काठमाडौं ।

सत्तासिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रिय कार्यालय नै सरकारी जग्गा भोगाधिकार र लिजसम्बन्धि कार्यनीति विपरित सरकारी जग्गा रहेको छ ।

भोगाधिकार पाएको पासाङल्हामु पर्वतारोहण प्रतिष्ठानले काठमाडौं धुम्वराहीमा रहेको तीन रोपनी बढी जग्गा नेकपालाई पार्टी कार्यालय सञ्चालन गर्न दिएको हो । तर सरकारबाट भोगाधिकार पाएको जग्गा दोश्रोपक्षले तेश्रो पक्षाई भाडामा दिन नपाउने कार्यनीति भएपनि ठाडै उल्लघंन भएको हो ।

नेकपाले मासिक २ लाख २५ हजार रुपैयाँ भाडा तिरीरहेको नेकपाका महासचिव विष्णु पौडेलले बताए । उनले कानुनीले रोक्ने भए अन्तै सर्ने समेत प्रतिकृया दिएको कान्तिपुर दैनिकमा खबर छ । उनले सम्झौता गरेर भाडामा लिएको भन्दै सरकारी जग्गाको दुरुपयोग गरेको भए प्रतिष्ठानलाई कार्वाही गर्न सरकारलाई भन्ने समेत उनको भनाई छ ।

महासचिव पौडेलले यो कार्यालयको विकल्पको रुपमा पेरिसडाँडामा रहेको तत्कालीन नेकपा माओवादीले प्रयोग गरेको कार्यालयलाई नै प्रयोग गर्न सकिने उनको भनाई छ । प्रतिष्ठानमा कृपाशुर शेर्पा अध्यक्ष भएको बेला तत्कालिन नेकपा एमालेलाई तीन वर्षकोलागि सम्झौता गरि भाडामा दिएको हो ।

कृपाशुर शेर्पा २०७२ साउन २३ गते सरकारको नीति विपरीत एमालेकै नेता समेत रहेका कृपाशुर शेर्पा अध्यक्ष हुदाँ पार्टी कार्यालय सञ्चालनकालागि सम्झौता भएको हो ।

प्रतिक्रिया

Loading...