fbpx

सुनको मुल्यले दैनिक रेकर्ड तोड्दै : सोमबार ६७ हजार ८ सय

काठमाडौं ।

सुनको भाउले सोमबार नयाँ रेकर्ड बनाउदै तोलाको ६७ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । केहीदिन यता सुनको मुल्यले दिनानुदिन रेकर्ड बनाइरहेको छ। सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा प्रतिऔस १२ अमेरिकी डलर भाउ बढेपछि नेपालमा पनि मूल्य बढेको जनाएको छ ।

‘आइतबार अन्तर्राष्ट्रिय बजारमा प्रतिऔस १४ सय ४१ अमेरिकी डलरमा कारोबार भइरहेको सुन सोमबार भने १२ डलर बढेर १४ सय ५३ डलर पुगेको महासघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले जानकारी दिए ।

महासंघले आइतबार प्रतितोला ६६ हजार ३ सय रुपैयाँ तोकेको थियो। भोली पल्टै सोमबार १५ सय रुपैयाँ बढेर नयाँ रेकर्ड बनेको हो । सुनको मुल्य बढ्नुको प्रमुख कारण चीन अमेरीका व्यापार युद्द रहेको विश्लेषकहरुको भनाई छ । डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर हुदाँ पनि सुनको मुल्यमा बढोत्तरी भएको हो ।

प्रतिक्रिया

Loading...