fbpx

पर्यटन मन्त्री भट्टराई भन्छन्– विश्वास टुट्न दिन्न

पर्यटन मन्त्री याेगेश भट्टराईले आफ्ना सुभेच्छुकहरुले देखाएको विश्वास टुट्न नदिने गरी काम गर्ने बताएका छन् । सामाजिक सञ्जालमा मार्फत आफ्ना शुभचिन्तकहरूलाई धन्यवाद ज्ञापन गर्दै भट्टराईले सबैकाे सल्लाह लिएर काम गर्ने  बताउँदै आफूप्रतिकाे विश्वास र भराेस टुट्न नदिने बताएका हुन् ।

सामाजिक सञ्जाल फेसबुक मार्फत भट्टराईले भनेका छन्– “सम्माननीय प्रधानमन्त्रीज्यू एवं नेपाल कम्यूनिष्ट पार्टी नेतृत्वले मलाई विश्वास गरेर संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको जिम्मेवारी प्रदान गर्नु भएकोमा सम्माननीय प्रधानमन्त्रीज्यू एवं नेपाल कम्यूनिष्ट पार्टी नेतृत्व प्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु ।

मैले मन्त्रालयको जिम्मेवारी लिए संगै मलाई प्रत्यक्ष भेटेर फोन मार्फत तथा Facebook,Twitter,Viber,WhatsApp,WeChat लगायतका सामाजिक सञ्जाल मार्फत म प्रति विश्वास र भरोसा राखी शुभकामना एवं वधाई ज्ञापन गर्नु हुने अग्रज शुभेच्छुक राजनीतिक मित्रहरु एवं सम्पूर्ण महानुभावहरुमा अन्तरहृदयदेखि कृतज्ञता ज्ञापन गर्दछु ।

यहाँहरुले म प्रति प्रकट गर्नु भएको स्नेह एवं शुभकामना मेरा लागि कार्यसम्पादन गर्ने उर्जाको रुपमा रहने विश्वास गरेको छु । मन्त्रालयको कार्यभार ग्रहण गरे संगै कार्यव्यस्तताले गर्दा यहाँहरुको अपेक्षा अनुरुप समय उपलव्ध गराउन कठिनाई भएकोमा आगामी दिनमा यहाँहरुका अमूल्य सुझाव र सल्लाहका लागि सम्पर्क गर्ने विश्वास दिलाउन चाहान्छु । साथै मन्त्रालयको कार्यव्यस्तताले गर्दा आज देखि शुभकामना तथा बधाईका लागि समय उपलव्ध गराउन कठिनाई हुने कुरा सविनय अनुरोध गर्दछु ।

यहाँहरुले म प्रति देखाउनु भएको भरोसा र विश्वास कहिँ कतै टुट्न नदिने र यहाँहरु सवैको सल्लाह र सुझाव लिएर लक्ष्य प्राप्तिमा क्रियाशिल रहने विश्वास दिलाउन चाहान्छु । शुभकामना र बधाई दिने क्रममा सार्वजनिक भएका केही तस्विरहरुलाई लिएर म प्रति अन्यथा नवुझिदिनहुन सम्पूर्ण शुभेच्छुक महानुभावहरुमा हार्दिक अनुरोध गर्दछु ।

योगेश भट्टराई
मन्त्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय

प्रतिक्रिया

eight − 6 =

Loading...