Rumpum

Rumpum Advertisement

पाउडर आयातमा सरकारले प्रतिवन्ध लगाएपछि भारतबाट दुध आयात गर्दै डिडिसी

पाउडर आयातमा सरकारले प्रतिवन्ध लगाएपछि भारतबाट दुध आयात गर्दै डिडिसी

विराटनगर ।

दुग्ध विकास संस्थान (डिडिसी)ले भारतबाट दुध आयात गर्ने भएको छ । डिडिसीले देशमै माग अनुसारको दुध उत्पादन नभएको भन्दै भारतबाट दुध ल्याउन सम्पुर्ण काम सकेको छ ।

भारत विहारको राजधानी पटनामा रहेको एक डेरीसंग डिडिसीले दुध खरिदकालागि सम्झौता गरिसकेको छ । त्यो डेरीबाट दैनिक ३० हजार लिटर दुध ल्याउन लागेको हो । केही दिनभित्रै भारतबाट दुध ल्याउन थालिने हेटौंडा दुग्ध वितरण आयोजनाका प्रमुख गणेशकुमार यादवले बताए । भारतबाट दुध पाउडर ल्याउन सरकारले रोक लगाएपछि देशभर नै दुधको अभाव भएको यादवको भनाई छ ।

सिजनमा दैनिक ४० हजार लिटरसम्म दुध संकलन हुने हेटौंडामा अहिले ६ देखि ७ हजार लिटरसम्म मात्रै संकलन भइरहेको उनले जानकारी दिए ।

यता विराटनगरमा रहेको पाउडर प्लान्टबाट पनि दुध पाउडरको उत्पादन रोकिएको छ । दुधको परिमाण घटेपछि पाउडर उत्पादन रोकिएको डिडिसीले जनाएको छ । विराटनगर वितरण आयोजनासंगै देशैभर दुधको संकलनमा कमी आएको हो ।

पाउडरकोलागि हेटौंडा र बुटबलबाट दुध ल्याउदै आएको भएपनि अहिले विराटनगरबाट कच्चा दुध नै त्यता पठाउदै आएको विराटनगर आयोजना प्रमुख नीलकण्ठ गौतमले बताएका छन् ।

कान्तिपुर दैनिकमा भारतबाट दुध आयात गर्दै डिडिसी शिर्षकमा खबर छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ