बाढी र डुबानपछि केराबारीमा पानीजन्य रोगको संक्रमण उच्च

विराटनगर ।

मोरङको केराबारीमा लगातारको वर्षासंगै आएको बाढी पहिरो र डुबानले टाइफाइड, ज्वरो र डेंगु संक्रमितको संख्या बढेको छ । प्रदुषित पानीको प्रयोग र हावापानीमा आएको परिवर्तन आएसंगै विरामीको संख्या ह्वात्तै बढेको हो ।

बिरामीको संख्या बढेसंगै उपचार गर्न स्वास्थ्य संस्था पुग्नेको संख्या पनि बढेको छ । प्रदुषित वायुका कारण बालबालिकाहरुमा निमोनियाको संक्रमण समेत बढेको उद्घोष दैनिकमा खबर छ । केही समय अघि केराबारीको ७ र ८ नम्बरमा देखिएको डेंगुको संक्रमण पनि फैलिएको छ । अहिले ६,७,८,९ र १० नम्बर वडामा देखिएको छ ।

केराबारी गाँउपालिकामा अहिलेसम्म ४५ जनामा डेंगुको संक्रमण देखिएको हो । ८,९ र १० नम्बर वडामा भने धेरैमा यसको संक्रमण देखिएको मुक्साम मेडिकलका सञ्चालक लाखमान लिम्बुले बताए ।

प्रतिक्रिया

Loading...