fbpx

विराटनगरका लिम्बू १३ वर्षपछि सागको प्रशिक्षणमा

विराटनगर,
मोरङ विराटनगरका राम लिम्बू १३ वर्षपछि नेपालमा हुन लागेको १३औं साग गेमको लागि बन्द प्रशिक्षणमा छनौट भएका छन् । डिसेम्बर १ देखि १० सम्म हुने उक्त प्रतियोगिताका लागि १०औं साग गेममा रजत पदक विजेता खेलाडी लिम्बू छनौट भएका हुन् ।

लिम्बु सन २००६ मा श्रीलंकामा भएको १०औं साग खेलको रजत पदक विजेता हुन् । १३औं साग गेममा पुनः स्वर्ण पदक जित्ने लक्ष्यका साथ लिम्बूको तयारी रहेको बताइएको छ ।

लिम्बुका प्रमुख प्रशिक्षक तथा मोरङ कराते सँघका अध्यक्ष बिमल पोखरेलले लिम्बू स्वर्ण पदकका लागि लागिपरेको बताएका छन् । लिम्बुसँगै विवेक थापा, रोजन खडका र सागर राउत पनि छनोट भएका छन् ।

प्रतिक्रिया

Loading...